त्रिपुरासुन्दरीका जनप्रतिनिधि घरदैलोमा

चौतारा  
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी  गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९)को सामना गर्न  रणनैतिक योजना बनाएर प्रत्यक नागरीकको घरदैलोमा पुग्ने योजना बनाएको छ  । गाउपालिकाले कोभिड १९  विरुद्ध सानो समुह बनाएर नागरीकको दैलोमा पुगेर माक्स र साबुन वितरण संगै सचेतनाको कार्य सूरु गरेको हो ।


गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठकोे नेतृत्वमा गाउँपालिका स्तर, वडा अध्यक्षको नेतृत्वमा वडा स्तर र टोल स्तरको नेतृत्वमा   टोली निर्माण गरेर कोरोना सामना गर्न सिंगो स्थानीय तह जुटेकोे हो ।
समितिमा सबै राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय संघ संस्थाका प्रतिनिधि तथा महिला स्वयमसेविकाहरु पनि संयुक्त रुपमा परिचालन हुने छन् । गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठका   अनुसार सबै घरमा समितिले माक्स र साबुन वितरण संगै स्वदेश तथा विदेशबाट आएका व्यक्तिहरुको लागत राख्ने, कोरोनाबाट जोगिने अपनाउनुपर्ने उपाएबारे जानकारी गराउने छन् ।
सानो समुहमा भिडभाड नगरी हरेक घरको हरेक सदस्य सम्म पुग्ने गरी सम्यन्त्र गाउँपालिकाले बनाएको छ ।  गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठका अनुसार  लकडाउनको बेलामा घर भित्र बस्ने, सरसफाईमा ध्यान दिने, सामाजिक अनुशासन अनुशरण गराउने  रणनीत तय भएको छ ।
 यदि सम्भावित लक्षण देखा परे तुरुन्त सम्पर्क गर्ने, तथ्य रिपोर्ट गरेर प्रेषण गर्ने र स्वास्थ्य अवस्था बुझ्ने रणनीति ल्याइएको उहाको भनाई छ ।  पहिलो दिन शनिबार पिस्कर ,तौथली र टेकान्पुरका सबै घरमा पुग्नेगरि साबुन र माक्स सम्बन्धित स्वास्थ चौकीमा वितरण गरीएको र अरु वडामा क्रमस वितरण गरीने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ति सबै सामाग्रि महिला स्वास्थ स्वयमसेबिका परिचालन गरेर प्रत्यक घरमा पुयाईने छ ।

, , ,