चौसागढी १४मा ५३५को स्वास्थ्य परिक्षण


लोकप्रिय समाचार
चौतारा साँगाचोृकगढी नगरपालिका १४ नं वडामा एकै दिनमा ५३५को स्वास्थ्य परिक्षण गरिएको छ । बिश्वब्यापिरुपमा फैलिएको महामारिका कारण  बन्दा बन्दी  घोषणा भए पछी नियिमित रुपमा औषधी सेवन गरेकाहरुलाइ समेत स्वास्थ्य परिक्षण गरि औषधी बितरण गरिएको थियो ।  सरकारले दिएको निशुल्क औषधी बाहेक किन्न पर्ने  औषधी आबश्यक भिटामिन  तथा प्रेशर सुगर लगाएतका औषधी हरु १४ न वडाको स्वास्थ्य शाखाको   कोषबाट खरिद गरि १५ दिनका लागी पुग्ने गरि दिइएको वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भयो ।


सरकारले १० दिनको बन्दा बन्दीको समय थप गरेको भएता पनी प्राय औषधी सेवन गर्ने जेष्ठ नागरिक तथा अशायहरु भएका कारण १५ दिनको लागी ब्यबस्था गरेका हौ यो अबधी मा औषधी खरिद गर्नका लागी समस्या हुने भएकोले वडाबाट यो सुबिध प्रदान गरेको अध्यक्ष श्रेष्ठले जानकारि दिनु भयो ।
मङ्गलबार बिहान सिमान्कृत एकिकृत माझी बस्ती भ्याडीबाट बाट शुरु भइ असिने रानीटार , सम्म  ५३५जना रोगी हरुको रोग परिक्षण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । यो अभियान वडाका सबै खाले रोगी मौसमी रुघाखोकी भएका हरुलाइ समेत परिक्षण गरि सरकारबाट पाउने निशुल्क औषधी र खरिद गरेर दिन पर्नै भए सोही बमोजिमको औषधी दिइने  झमलादेबी आधार भुत बिद्यालयका प्र अ समेत रहनु भएका लालबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
उँहाका अनुसार मङ्गलबार मात्र १५जना लाइ औषधी खरिदगरि दिएको र अरु सबैलाइ सरकारबाट दिइएको निशुल्क औषधी बितरण गरिएको थियो । रोग परिक्षण्मा लाल बहादुर श्रेष्ठ,  सरोज बोहोरा सगुन श्रेष्ठ, प्रकाश तामाङ्ग, स्वास्थ्य कर्मीहरु  निरजना नेपाल, रमेश गौतम , रेनुका गिरी लगाएतका टोलीले सामाजीक दुरीमा रहेर स्वास्थ्य परिक्षण गरेका थियो ।

, , , ,