लक डाउनको समयमा मदिरा ओसारपसार गर्ने नियन्त्रणमा

चौतारा, चैत्र २३ 
सिन्धुपाल्चोक जिल्ला वाह्रविसे प्रहरी कार्यालयले  मदिरा बोकेको बोलेरोलाई नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान चेकजाँचको क्रममा वा ११ च ५३८१ न.को बोलेरोमा खाद्यान्नका सामानहरुमा लुकाई छिपाई ओसारपसार गर्न लागेको ४५० क्वाटर रोज नामको मदिरा र ४८ क्वाटर गोल्डेन ओक नामको मदिरा बरामद गरेको हो ।
प्रकाउ गरिएको गरि उक्त सामान धनी मोहन प्रधान र  सवारी चालक गणेश प्रधानलाई प्रहरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्र.ना.उ माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।    ।

, , ,