अर्को बिपद नल्याइदिन शेर बहादुर श्रेष्ठको अपिल

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा माता स्व. सन्त कुमारी श्रेष्ठ तथा पिता स्व.जित बहादुर श्रेष्ठको छोरा हाल चौतारा सांगाचोकगढी नगरपालिका वडा नंं. १४ का वडा अध्यक्ष श्री शेर बहादुर श्रेष्ठ सँग लोकप्रिय समाचार ले गरेको   छोटो कुराकानी ः

यहँको यो पेशामा प्रवेश कसरी भयो ?
२०४५ सालको बिद्यार्थी जिबन देखी श्री जन जागृती मा.बि, साँगाचोकको अनेरास्वबियुको अध्यक्ष भएं । तत्कालिन सो बिद्यालयको प्र.अ हालको सम्माननिय सभामुख श्री अग्नी प्रसाद सापकोटाबाट राजनितीमा प्रभावित भइयो र स्वबियु अध्यक्ष भएदेखी राजनितीमा प्रवेशसगै बिभिन्न समाजिक कार्य गर्दै हाल यो अवस्थासम्म आइपुुगेको छु र अझै यसै गरी सेवामा लागिरहने कुरा पनी ब्यक्त गर्दछु ।
हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना माहामारी नियन्त्रण तथा रोकथामको लागी के के गरिएको छ ?
नेपाल सरकारले गरेको लक डाउनलाई आफ्नो वडामा पुर्ण रुपमा पालना गरको तथा गर्न लगाइएको छ यसै गरी बिभिन्न स्वास्थ्य सामाग्रीहरु मास्क सेनिटाइजर हरु आफ्नो वडामा सामाजिक जनचेतना कार्यक्रम सहित वडा जनप्रतिनिधी, स्वास्थ्य कर्मी, शिक्षक बिद्यार्थी,बुद्धीजिवि,सामाजिक ब्यत्तित्व,युवा, पत्रकार, संघ संस्था आदीको सहयोगमा वडाबासीलाई बितरण गरियो ।
तपाईको वडाले आफ्नो नागरिकको के कस्तो सुुरक्षा ब्यवस्था गरेको छ ?
सबै वडाबासीलाई नेपाल सरकारले गरेको लकडाउनको पुर्ण पालना गरी  सुरक्षित ढंगले आ आफ्नो घरमा बस्न अनुरोध साथ प्रेरित गरियो साथै वडाबासीहरुलाई सामान्य किसिमको बिरामाी केसमा हाम्रो वडा भित्र २ वटा स्वास्थ्य केन्द्र रजसमा ३ स्वास्थ्यकर्मी रहनुभएकोमा सबैलाई निरन्तर जनताको स्वास्थ्यमा ध्यान दिई आवश्यक्ता अनुसार बिरामीको घर घरमा नै गई उपचारमा सहयोग गर्नुहुन तथा कुनै जटिल प्रकारको बिरामीलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार जिल्ला अस्पताल चौतारा, धुलिखेल अस्पताल तथा केही बिरामीलाई काठमाण्डौ सम्मको अस्पताल पठाइएको छ ।
हाल यो रोग रोकथामा तथा नियन्त्रणको लागी स्रोत कहाबाट प्राप्त भएको छ ?
सामान्यतथा यो रागको रोकथाम नै घरमै गुप्तिबास,  एकान्तबास तथा धेरै जनाको संगत नगर्नु नै हो र फेरी यो रोग नियन्त्रणका लागी सामाजिक जनचेतना कार्य माइकिङ्ग तथा सुरक्षकर्मी पत्रकार तथा सम्बन्धित निकायको साथ लिएर काम गर्दा केही आर्थिकको खांचो पर्दोरहेछ जसले गर्दा हाम्रो वडाको बैठक बसी स्वास्थ्य सम्बन्धि बिनियोजित बजेट र नगरपालिकाले नगर बिपद ब्यवस्थापन समितीको बैठक बसाई बैठकको निर्णय अनुसार र नगर कार्यपालिकाको निर्णय अनुसार प्रत्येक वडामा आवश्यक्ता अनुसार बजेट बिनियोजन गर्ने निर्णय अनुसार हामीलाई नगरपालिकाबाट पनी आर्थिक स्रोत प्राप्त भएको छ ।
तपाईको वडाभित्र कती दिर्घ रोगी छन र उनिहरुको कसरी ब्यवस्थापन गरिएको छ ?
हाम्रो वडाभित्र धेरै दिर्घरोगीहरु छन् जस्मा सुगर,पे्रसर,दम,मुटु,छयरोग आदस्को बिरामी हुनुहुन्छ तर लकडाउनको कारण कोभिड १९ बिरुद्धमा नेपाल सरकारले गरेको पटक पटक लकडाउनको कारण यस्ता बिरामीहरुको नियमित सेवनको  औषधीमा समस्या परेको हंदा बिभिन्न माध्यम मार्फत वडाकार्यालयको सहयोगमा औषधी खरिद गरी उहांहरुको ब्यवस्थतपन कार्य भएको छ ।
बिदेशबाट वडामा आएकाहरुलाई यो रोग लागेको पाइयो छ भने तपाईको वडामा कती छन यस्ता मानिस ?
यस वडामा बिशेष गरी भारतबाट फाल्गुन महिनाको अन्तिम देखी चैत्र महिना भित्रमा यस वडामा प्रवेश भएका १४ जना ब्यक्तिहरुको रगत परिक्षण गरियो जसमा कोही पनी पोजेटिभ अर्थात कोरोना संक्रमित नभएको देखियो ।
बिदेशबाट आएकाहरुलाई के के  ब्यवस्था गरिएको छ ?
बिदेशबाट आएकाहरुमको पहिचान गरी होम ब्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ, नगरपालिकाको स्वास्थ्य शाखाको सहयोगमा  डाक्टर टोली ल्याई यस वडाको सामुदायिक स्वास्थ्य इकाई रगत परिक्षण गरी घर पठाइएको छ । बांकी रगत परिक्षण नभएका लक डाउन अवधिमा काठमाण्डौ लगायत बिभिन्न जिल्लाबाट आउनुभएका वडाबासीहरु मध्ये १० जनालाई नगरपालिकाको ७ नंं. वडा स्थित जिल्लाको क्षेत्रिय क्वारेन्टाइनमा राखी अवधि पुरागरी रगत परिक्षणमा नेगेटिभ कोरोना देखिएकोले सुरक्षित ढंगले होम क्वारेन्टाइनमा बस्न अनुरोध गरी आ आफ्नो घर पठाइएको छ ।
अन्य बिकासको कामहरु के के भएका छन ?
अन्य बिकास योजना यस आर्थिक बर्षको करिब २० प्रतिशत सम्झौता र ठेक्कामा गएको तथा भुक्तानी लिन बांकी रहेको ८० प्रतिशत बजेटको भुक्तानी लिएर सकिएको छ ।
र अन्तमा ,
अन्तमा सबै वडाबासीलाई भाइरस बिरुद्ध बिजय हांसिल गर्न एकममात्रै बिकल्प नेपाल सरकारले गरेको लकडाउनको पालना गर्नु नै हो सो कारण सबैमा आ आफ्नो घरमा गुप्तीबास बस्न अनुरोध गर्दछु, साथै यस चौतारा सांगाचोकगढी नगरपालिकाले बिपद ब्यवस्थापनको बैठक तथा कार्य पालिकाको बैठक बसी कोरोना भाइरस बिरुद्ध बिपद कोष स्थापना गरिएको छ यसमा स्थानिय सरकारलाई सहयोग गरिदिनुहुन सम्पुर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुलाई बिषेश अनुरोध गर्दछु ।साथै यस वडाको बिपद ब्यवस्थापन समितीको बैठक तथा वडा समितीको निर्णय अनुसार यस १४ नं. वडाले पनी बिपद ब्यवस्थापन कोष स्थापना गरेको हंदा बिभिन्न संघ संस्था ,ब्यापारी ,बुद्धीजिवि, सामाजिक ब्यक्तित्वहरुमा आर्थिक सहयोगको लागी अनुरोध गर्दछु । साथै यस महामारीको अवस्थामा वडामा रहनुभएको वडाबासीहरु  जमघट, हो हल्ला गर्ने, मदिरा सेवन गर्ने बिभिन्न खेल खेल्ने नगरी आ आफ्नो खेत बारीमा सुुरक्षित भई खेतीपाीमा ध्यान दिई उत्पादन बढाउन अनुरोध र साथै बिभिन्न जनावरको शिकार , बन डढेलो, फडानी नगरी अर्को बिपद नल्याइदिनुहुन वडाबासी लगायत सबैमा हार्दिक अपिल गर्दछु ।साथै लोकप्रिय समाचार मार्फत आफ्नो भनाइ रख्न समय दिनु भएको मा बिशेष धन्यबाद दिन चाहान्छु।


, , , , , ,