नगरपालिकाले विकास निर्माणका योजनाहरु संचालनमा आवश्यक सहयोग गर्ने

चैतारा,
 चौतारा सागाँचोकगढी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले लकडाउनको कारणले चालु आ.व. का सम्झौता हुन नसकेको कारणबाट संचालन हुन नसकेका विकास निर्माणका योजनाहरु संचालनको लागि आवश्यक सहयोग र समन्वयको लागि डिसिएमसी सिन्धुपाल्चोकमा अनुरोध गर्ने  निर्णय गरेको छ । 


यस्तै बैठकले डिसिएमसीको  निर्णयानुसार जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा संचालनमा रहेको क्वारेन्टाईनलाई अनुमोदन गर्ने । नगर भित्रका कृषकहरुलाई धानको विउ उपलब्ध गराउने सम्बन्धमा आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गर्ने आर्थिक विकास समितिलाई जिम्मा दिने जस्ता निर्णय गरेको नगरप्रमुख अमान सीं तामाङले जानकारी दिनुभएको छ ।
यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मेलचौर र जिल्ला समन्वय समिति भवनमा संचालन भई रहेका क्वारेन्टाईन बाहेक अर्को निर्णय नभएसम्मका लागि अन्य स्थानमा क्वारेन्टाईन स्थापना नगर्ने निर्णय समेत गरको नगरपालिकाले जानकारी दिएको छ  ।

, , , ,