मजदुरको ब्यबस्थापन गर्न डा संग्रौलाको अनुरोध


नेपाली काँग्रेस प्रतिनिधिसभा सदस्य  डा डिला संग्रोला पन्तले लकडाउानमा परि अलपत्रमा परेका मज्दुरहरुको तत्काल ब्यबस्थापन गर्न माग गर्नु भएको छ ।

उँहाले बिज्ञेप्ती जारि गर्दे यो माग गर्न् भएको छ । हामीलाइ प्राप्त बिज्ञेप्तीमा भनिएको छ कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी भइरहेको वर्तमान अवस्थामा सरकारको मूलकार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरुको उपचार गर्नु हो । तर, वर्तमान सरकार जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिदै संकटको घडीमा पनि आफ्ना निकटस्थहरुलाई राजनीति व्यवस्थापन र जागिर खुवाउने सोचका साथ मन्त्रिपरिषद्ले भूमि सम्बन्धि समस्या समाधान आयोगको गठन गरेको छ । जुन समय सापेक्ष छैन् । यो त वेमौसमको बासुरी बजाए जस्तै हो । अहिले सरकारको मुख्य जिम्मेवारी भनेको महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितको उपचार गर्नु नै हो । तर, यो सरकारलाई प्रतिपक्षी दल लगायत सबैको साथ हुँदाहुँदै ठीक बाटोमा हिँड्न सकेन, जबकी सबै जनताले लकडाउनको पालना गरी सरकारलाई सहयोग गरिरहेका छन् ।

स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता बारे छानबिन गरी अगाडि बढ्नुको सट्टा मतियारहरुलाई समेत स्वयं सरकारले ढाकछोप गर्न लागेकोमा नेपाली जनतामा  आक्रोशको भावना समेत पैदा भएको छ । महामारी नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी एवं स्थानीय जनप्रतिनिधिहरुले गरेको कामको उच्च सम्मान प्रकट गर्दै सरकारको तर्फबाट सुरक्षा लगायत आवश्यक व्यवस्था मिलाउन  ध्यानाकर्षण गर्दछु ।

लकडाउनको अवस्थामा रोजगारी गुमाएर अलपत्र परिरहेका  मजदुर श्रमिकको उचित खानपीन र बसोबासको व्यवस्था गर्न नसक्दा  भोकै नाङ्गै पैदल यात्रा हिँडिरहेका श्रमिकको समूचित व्यवस्थापन गर्न समेत सरकारसँग जोडरदार माग गर्दछु  भनिएको छ ।



, , , , , ,