काठमाण्डौ वस्ने वडाबासीलाई ४ हजार किलो चामल

चौतारा,
लगडाउनको समय लम्विदै गएको र राजधानीमा ज्याला मजदुरी गरि वस्ने वडाबासीमा समस्या वढ्दै गएपछि त्रिपुरासुन्दी गाँउपालिका  ३ ले ४ हजार किलो चामल उपलब्ध गराएको छ ।

 त्रिपुरा  ३ का वडाअध्यक्ष सुकदेव रिसालले आफ्नो वडावाट काठमाण्डौमा समस्या भोगिरहेका वडाबासीलाई चामल वितरण गरिने वताउनुभयो ।
 तीन सय वढी वडाबासीले काठमाण्डौमा राहत सहयोकोलागि समपर्क गरेको उनले वताउनुभएको छ । त्रिपुरा सुन्दरी गााउपालिकाले पनि लगडाउन वाट दैनिकि चलाउन समस्या भएका पालिकाबासीलाइ सम्पर्कमा आउन आग्रह गरेको छ ।

, , ,