कोरोना रिपोर्ट नेगेटिभ भएपछि बिरामी बोकेर बिरामिको घरमै पुगे जिसस प्रमुख


कोरोना आशंखामा चौतारा अस्पतालको आइसोलेसनमा राखिएको बिरामिको रिपोर्ट नेगेटिभ आएपछि आज जिल्ला समन्वय समितिका प्रमुखले बिरामिलाई बोकेर उनकै घर पुग्नु भएको छ ।

गत आइतबार कोरोना आशंकामा सदाबहार हस्पिटल खाडिचौर आएकि लिसंखुपाखर गाँउपालिका ७ कि सुनमाया तामाङलाई कोरोना नै हुन सक्ने भन्दै आईसोलेसनमा राख्न भन्दै रिफर गरिएको बिरामि एम्बुलेन्सले बोक्न नमानेपछि जिल्ला समन्वय समितिका प्रमुख को गाडिमा हालि चौतारा अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । सुनमाया तामाङलाई बुधबार भएको कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई आज पुन जिल्ला समन्वयका प्रमुख कृष्ण गोपाल ताााङले पुन आज बिरमिको घरमा नै पुर्याउनु भएको छ ।
बुधबार कोरोना संग लक्षण मिल्ने बिरामिको बुधबार नेगेटिभ रिपोर्ट आएपछि आज बिहिबार जिसस प्रमुखले घर पुर्याउनु भएको हो । उनी लगायत कोरोना आशंखामा ग्रामिण महिला सिर्जनसिल परिवार पाङग्रेटारको क्षेत्रिय क्वारेन्टाइन राखिएको उनको परिवारलाई सहेत घर पठाईएको छ ।





, , ,