हेलम्बुले ८ सय जना भन्दा बढीलाई गाउँ फर्कायो

चौतारा,
सरकारले लगाएको लकडाउनकै समयमा उलत्यकामा अलपत्र परेका पालिका बासिहरुलाई हेलम्बु गाउँपालिकाले ८ सय जना भन्दा बढीलाई गाउँ फर्काएको छ ।

लामो समय लकडाउनका कारण काठमाडौँमा समस्या भोगिरहेका हेलम्बुबासीहरुलाई गाउँपालिकाले उपत्यकाबाट उद्धार गरेको हो । उनीहरुको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले  जानकारी दिए । काठमाडौँमा रहेका आफ्ना नागरिकहरुलाई २२ वटा गाडीमा हेलम्बु ल्याइएको गाउँपालिकाले जनाएको छ ।

, , ,