भाइरस विरुद्ध सबै एकतावद्द भइ लड्ने समय झलक नेपाल

सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालीका  वडा नं १३मा पिता चन्द्र बहादुर नेपाल
र माता सावित्री नेपालको कोषबाटमा बि स२०४० साल पोैष २५गतेका दिन मा जन्मनु भएका सिन्धुपाल्चोक जिल्लाका श्री झलक नेपाल हाल नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला पाटी सचिब  समेत  रहनु भएको छ । लोकप्रिय समाचारले  उँहा सँँग गरेको छोटो कुरा कानी

१  हाल बिश्वब्यापी रुपमा फैलिएको कोरनाका महामारी नियन्त्रण तथा रोकथाम का लागी नेपाली काँग्रेस ले के गर्दैे छ।
ःयो मानवता विरुद्ध धावा बोलिरहेको नोबेल कोरोना भाइरस विरुद्ध सबै एकतावद्द भइ लड्ने समय हो। यो बेला हाम्रा सबै बिमतिलाइ छाडेर सच्चा र सहि ढङ्गले कलेक्टिभ्ली लाग्न जरुरी छ। राज्य र जनताप्रतिको आफ्नो कर्तव्य निभाउने उचित समय पनि हो यो। यसैलाइ मध्यनजर गर्दै नेपाली काङ्ग्रेसले जनचेतना जगाउने , लकडाउनलाई पुर्ण रुपमा सफल बनाउने , ज्याला र मजदुरी गर्ने निम्न वर्गीय श्रमिक, विद्यार्थीलाई रासन सहयोग गरिरहेको छ। काठमाडौ बाट पैदल हिडेका नागरिकलाई ठाउँ ठाउँमा खान व्यवस्था गरिरहेको छ।कतिपय स्थानमा खाना निशुल्क खाना खुवाउने हाम्रो अभियानलाई सरकारले असहिष्णु बनी खाना बनाउने सामान समेत जफत गरेको छ। हाम्रा साथीहरूले गाउँ गाउँमा रहेका स्वास्थ्य सस्थाहरुलाइ अत्यावश्यक औषधि, पिपिइ सेट, स्यानिटाइजर, थर्मल गन, मास्क र्पुयाइसक्दा  सरकार ओम्नि ग्रुप सङ मिलि कमिसनको चक्करमा रुमल्लिरहेको थियोे ।
२ नेपाली काँग्रेस भित्र बिबाद छ भन्छन यो अबस्थामा के भइरहेको  छ। यो विबाद गर्ने समय होइन। एकतावद्द भइ कोरोना भाइरस सङ लड्ने समय हो।।हामी त्यसै गरिरहेका छौ।।

३नेपाली काँग्रेस ले कोरोना भाइरस  रोग रोकथाम तथा नियन्त्रणका लागी  के गर्दै  छ ।

ःनेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री माननीय गगनकुमार थापा ज्युले सम्सदमा कोरोना भाइरसको विरुद्धमा  समय सान्दर्भिक र महत्त्वपूर्ण बिल पेस गर्नुभएको थियो। त्यो बिलको महत्त्वलाई सरकारले  महिना दिनसम्म आबश्यक देखेन।खाली आग्रहको चस्माले मात्र हेर्यो। सरकारले अहिले गरेको घोषणा भन्दा २० दिन अगाडि नाका सिल , अन्तरास्ट्रिय उडान बन्द र लकडाउन गरेको भए हामिले आज यो कहर भोग्नपर्न थिएन। सरकार सत्ताको मातले आखा नदेख्ने र कान नसुन्ने भएको छ। सरकारले यत्रो विषम परिस्थितिमा कोरोना कोषमा जम्मा पचास करोड राखेर आफ्नो सबै जिम्मेवारी पूरा भए जसरी सुतेको छ। बरु प्रतिपक्षी दलले सो कोषमा पचास लाख जम्मा गरि अनुकरणीय भुमिका निर्वाह गरिरहेको छ। सरकारको  जायज निर्णय समर्थन र नाजायज निर्णयलाई खबरदारी गरिरहेको छ। नेपाली कांग्रेसले आफ्नो पार्टी पङ्तिलाइ निरन्तर कोरोना विरुद्ध जनचेतना जगाउने र राहत तह उद्दारको काममा परिचालन गरिरहेको छ।
४नेपाली काँग्रेसले स्वास्थ्य सामाग्री बितरण गरेको छ यो कँहा कँहा र कसरी  कसकसलाइ बितरण गरिएको छ 
सरकार ओम्नि ग्रुप सङ कमिसनको चक्करमा अल्झिरहदा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहोनबहादुर बस्नेत अत्यावश्यक औषधि र स्वास्थ्य सामाग्री  गाउगाउमा लियर पुगिसक्नु भएको थियो।सरकार र कम्युनिस्टका केही नेता जनताप्रतिको भावना र स्वास्थ्य प्रती गैरजिम्मेवार देखिय।  जनता लाई सेवा दिन भन्दा राहत सामाग्री र अत्यावश्यक औषधि , स्वास्थ्य  सामाग्री रोक्नमा तल्लिन रहे।सिन्धुपाल्चोक बासीले यो सबको मुल्यांकन गरिरहेका छ्न। त्यसको सहि जवाफ समयले दिने नै छ। हामी सबैले सकेको सेवा गर्ने बेला हो यो।।मेरो आफ्नै पहलमा ठुलोसिरुवारी स्वास्थ्य चौकिलाइ अत्यावश्यक थर्मल गन, पिपिइ, मास्क, स्यानिटाइजर, ग्लोब्स, अप्रोन, हेड्क्याप, गाउन हस्तान्तरण गरेको छु। इर्खु स्वास्थ्य चौकिलाइ पनि थर्मल गन, मास्क स्यानिटाइजर, पिपिइ सेट सहयोग गरेको छु। डडुवामा रहेको  स्वास्थ्य चौकि , साङाचोक स्वास्थ्य चौकी, मेलचौर स्वास्थ्य चौकी, साबिक भोट्सिपा गाविसमा रहेको स्वास्थ्य चौकी लाई पिपिइ सेट लगायत स्वास्थ्य सामाग्री सहयोग गरेको छु। त्यसैगरी काठमाडौ उपत्यकामा डेरा गरि बस्ने अति विपन्न मजदुर र विद्यार्थीहरुलाइ रासन सहयोग गरिरहेको छु। सरकार ओम्नि ग्रुप सङ कमिसनको चक्करमा अल्झिरहदा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहोनबहादुर बस्नेत अत्यावश्यक औषधि र स्वास्थ्य सामाग्री  गाउगाउमा लियर पुगिसक्नु भएको थियो।सरकार र कम्युनिस्टका केही नेता जनताप्रतिको भावना र स्वास्थ्य प्रती गैरजिम्मेवार देखिय।  जनता लाई सेवा दिन भन्दा राहत सामाग्री र अत्यावश्यक औषधि , स्वास्थ्य  सामाग्री रोक्नमा तल्लिन रहे।सिन्धुपाल्चोक बासीले यो सबको मुल्यांकन गरिरहेका छ्न। त्यसको सहि जवाफ समयले दिने नै छ।
५तपाइ पुर्ब शिक्षक पनि हुनुहुन्छ यो लक डाउनले शिक्षा क्षेत्रमा कतिको प्रभाब पारेको छ यसलाइ कसरि ब्यबस्थापन गर्नु आबश्यक छ
लकडाउनको यो समयमा शैक्षिक सस्था बन्द छ्न । त्यसको सबैभन्दा असर विद्यार्थीहरुमा परेको छ। नेपाल टेलिकम र एनसेलले विद्यार्थीहरुलाइ निशुल्क डाटा उपलब्ध गराइ विद्यालयले अनलाइन अध्ययन गराउने सकेमा सिकाइमा निरन्तरता हुने थियोे । त्यसैगरी अभिभावकले पनि बाबुनानिहरुलाइ आफ्ना घरायसी काममा सामेल गराइ जीवन उपयोगी सीपको दायरा फराकिलो बनाउन सहयोग गर्न उपयुुक्त हुन्छ।।

६नेपालि काँग्रेसले जितेको स्थान र  नेकपा लगायत अरु पार्टीले जितेको स्थानमा के फरक छ ।
ःसिन्धुपाल्चोकमा नेपाली कांग्रेसले जितेको पालिकाहरुमा केन्द्र सरकार र प्रदेश सरकार अनुदार बनिरहेको छ। तथापि त्यहाँका जनप्रतिनिधि साथिहरुले कोरोना विरुद्ध गरेको कामले हाम्रो शिर उचो भएको छ। अहिले पनि साथीहरु दिनरात घरघरमा गयर  स्वास्थ्य जाँच गरिरहुनु भएको छ। राहत संकलन र वितरण गरिरहनु भएको छ।
७ अन्तमा  याहाको भनाइ केही बाँकी छ की
ःकोरोनाको मुख्य औषधि नै लकडाउन रहेछ। लकडाउन को पुर्ण पालन गरौ। घरमा बसौ, सुरक्षित रहौ भन्दै तपायको लोकप्रिय समाचार मार्फत आफ्नो भनाइ रख्न समय दिनु भएको मा बिशेष धन्यबाद दिन चाहान्छु।



, , , ,