लिसंखुपाखरले खोल्यो राहत कोष ९८१०१८५३४२ नं को हटाइनको सुबिधा


लोक प्रिय समाचार ,सिन्धुपाल्चोक जिल्लाको  लिसंखुपाखर गाउँपालिकाले कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामको कोष को स्थपना गरेको छ । गाँउकार्यपालीकाको निर्णय अनुसार  गाँउपालीकाको बिपत ब्यवस्थापन समितीको कोषबाट रु १०लाख उक्त कोषमा जम्मा गरिएको छ  ।

कोषमा गाँउपालीकाका अध्यक्ष कमल नेपालले रु १५हजार राख्नु भएको छ भने  उपाध्यक्ष हेम गङ्गा मोक्तानले १२हजार राख्नु भएको लिसंखु पाखर गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद द्ुलालले बताउँनु भयो । उँहाका अनुसार वडाअध्यक्षहरु वडा नं १का अध्यक्ष पासाङ्गलाल तामाङ्ग वडा नं २का हस्त बहादुर लामा, वडा नं ३का काजी बहादुर लामा, वडा नं ४का कुमार लामा वडा नं ५का बिष्णु कुमार श्रेष्ट वडा नं ५का वडा सदस्य नेत्र बहादुर श्रेष्ठ,वडा नं ६का कैलास थापा  र वडा नं ७का बयान बहादुर तामाङ्ग ,ले १०, १० हजार जम्मा गर्नु भएको छ भने कर्मचारीहरुले ५ देखि ७ दिनको तलब जम्मा गर्ने योजना रहेको  छ । कार्यपालीकाका सदस्यहरुले ४,४हजार रुपैया उक्त कोषमा जम्मा गर्ने भएका छन यसै गरि गाँउ कार्यपालीकाको बैठकले यस बिपदको अबस्थामा गाँउपालीकाको बिपद ब्यवस्थापनमा सहयोग गर्न सामाजीक  संघ सस्था, भद्रभलादमी नागरिक समाज ब्यक्ती जो कोहीलाइ  सकेको सहयोग गर्न आह्वान समेत गरेको छ ।कार्यपालीकाकाले यसरी सहयोगका लागी आफ्नो पालीकाको बिपद ब्यबस्थापन समितीको नाममा ठुलोपाखरको लक्ष्मी  बैङ्कमा रहेको खाता नं ०८९११०००५२० मा जम्मा गरिदिन समेत आग्रह गरेको दुलालले बताउँनु भयो । पालिकाले कोरोना नियन्त्रणको प्रयास स्वरुप १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । लिसंखु पाखरमा रहेको प्रहरी चौकीको नवनिर्मित भवनमा पाँच र स्वास्च्य चौकीमा पाँच बेडको क्वारेन्टाइन निर्माण गरिएको पालिकाका अध्यक्ष कमल नेपालले  बताउँनु भयो  ।उँहाले स्थानीय सामाजिक संघ संस्था हरु ब्यक्ती हरु प्रदेश तथा संघीय सरकारलाई समेत  कोषमा सहयोग गर्न आग्रह गर्नु भएको छ  । राहत प्याकेज अन्तर्गत स्वास्थ्य कर्मचारीलाई चैत र बैशाखको तलव स्केलमा ६० प्रतिशत भत्ता थप गरिने समेत नेपालले बताउँनु भयो  । उँहाले जोखिम मोले काम गरिरहेका स्वास्थ्य कर्मी , कर्मचारीहरुको उच्च मुल्याङ्कन गरिने समेत बताउँनु भयो । पालिकाभर ६ स्वास्थ्यचौकी र एक स्वास्थ्य क्लिनिक रहेको छ ।
संक्रमण भइहाल्यो भने तत्काल व्यवस्थापनका लागि तयारी अवस्थामा केही क्वारेन्टाइन बेड निर्माण गरिएको छ । थप क्वारेन्टाइन आवश्यक पर्दा तत्काल क्वारेन्टाइन बनाउनकालागि केही विद्यालयहरुबारे अध्ययन गरिरहेका जानकारी समेत नेपालले दिनु भयो  । यसै बिच गाँउपालिकाले मुख्य बजारमा किटनाशक औषधी छर्केको छ । डाँडापाखर देखि मुडेसम्म, लिसंखुलगायत मुख्य बजारमा औषधि छर्केको हो ।गाँउपालीकाले कोरोना भाइरस सम्बन्धी परामर्श तथा जानकारीका लागि मोबाइल हटलाइन नम्बर पनि सञ्चालनमा ल्याएको छ । ९८१०१८५३४२ मा सम्पर्क गरी परामर्श लिन सकिनेछ । पालिकाका लागि ७ वटै वडा कार्यलयहरुले दैनिक काम गरेर खानुपर्ने मजदुर, विपन्न वर्ग, वृद्धवृदा, एकल महिला र अशक्तको खोजी ,पहिचान गरि तथ्याकं संकलन गर्न लागेको समेत उँहाले जानकारी दिनु भयो ।

, , , , ,