मेलम्ची न.पा वडा २ को कार्यलय भवनको सिलान्यास

 कर्साङ तामाङ, मेलम्ची, बैशाख १८ । 
मेलम्ची नगरपालिका २ को वडा कार्यलय भवनको आज शिलन्यास भएको छ ।
नगर प्रमुख डम्बर अर्याल तथा उप प्रमुख भगवति नेपालले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो ।साँढे ३ तल्लाको उक्त भवन इ–लाईब्रेरी लगायत अपाङ्गतामैत्री हुने मेलम्ची नगरपालिकाका सूचना अधिकारी जीत बहादुर कार्कीले बताउनु भयो । हाल जाल्पादेवी मा.वि.मा वडा कार्यलय सन्चालन भैरहेको छ । 
१ करोड ९० लाखको लागत मा बन्ने उक्त भवन १८ महिनाभित्रमा निर्माण भईसक्ने उहाँले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सामाजिक दूरी कायम गरी निर्माण कार्य गर्न व्यवसायीलाई अनुरोध गर्नुभएको छ । यस आर्थिक वर्षमा वडा नं। १ र ५ को पनि बोलपत्र निकाली निर्माण व्यवसायी छनोट भैसकेको नगरपालिकाले जानकारी दिएको छ । अर्को बर्षमा बाँकी वडाको भवन क्रमशः निर्माण गर्ने लक्ष्य लिएको छ ।

, , , ,