कल्पना हो कि सत्य छुट्याउन सकेको थिइन

हेम शंकर गिरी, बनेपा, 
आजभन्दा ठिक ६ वर्ष अगाडि २०७१ साल बैशाख महिनाको १३ गते मलाई काठमाडौंको टोखा स्थित चण्डेश्वरि मन्दिरमा दर्शन गर्न जान मन लाग्यो र त्यहां गएर मन्दिर दर्शन गरि फर्कने क्रममा करिब १०० मिटर माथि सानो डांडामा आइपुग्दा त्यहीँ बायाँ पट्टि एउटा सन्त बाबाजिको आश्रम रहेछ जसलाई चण्डिबाबा आश्रम भनिदो रहेछ ।
 त्यो देखेपछि भर्याङ्ग चडेर म पनि आश्रमभित्र छिरे त्यहाँ लामो कपाललाई चुल्ठा बाटेर दुबैतिरबाट तल झारि कम्मरमुनि लगेर दवैतिरको झोलिजस्तो राखेको,कालो गाउन लगाएको,लामा लामा दाह्रि जुङ्गा भएको, बाघको छालामा बसेको एकजना बाबाजि देखें र नमस्कार गरें अनि वहाँले पनि बस भन्नु भयो, म बसें र परिचय दिएं । त्यसपछि कालो चिया वहाँ आफैले बनाएर दिनु भयो र चिया खांदै गफकै सिलसिलामा मैले बाबाजिलाई सोधें हाम्रो देशमा संविधान बन्छ त भनेर अनि वहाँले सजिलै उत्तर दिनु भयो बन्छ अवश्य बन्छ तर त्यो संविधानले हाम्रो राष्ट्रियता, अखण्डता र सनातन हिन्दु धर्मको रक्षा गर्दैन, त्यसपछि अरु निर्बाचनहरु हुन्छन त्यो निर्वाचनपछि व्यापक भ्रष्टाचार, वेथिति, दण्डहिनता र शासकमा दम्भ बढ्दैजान्छ । त्यसले चरम सिमा नाघ्न लागेपछि नेपाल आमाले त्यस्ता केही जंगवहादुर जस्ता पुत्रहरुलाई जन्माउछिन र त्यसरि जन्मेका र भ्रष्टाचारिहरुबिच ठुलो लडाइँ पर्छ अन्तमा उसले अपार जनसमर्थन बटुल्दै जान्छ त्यहि शक्तिको साथ लिएर सडकबाटै भ्रष्टाचारि, देशद्रोहि र वेइमानहरुलाइ कालोमोसो दलि कुट्दै पिट्दै ट्रकमा कोचेर जेल हाल्छ भन्नू भयो म त एकछिन अवाक भएं र अनि मनमनै सोच्न थाले के नेपालमा त्यो पनि संभव होला र १ यस्ता मान्छे कहिले जन्मेला र यस्तो गर्ला भन्ने प्रशनहरु म मा उब्जियो ।
 त्यसपछि म बाबाजिसंग बिदा मागेर त्यहाँबाट हिंडे । आज त्यो कुरा सम्झेँ अनि विगत १ बर्षदेखि जुम्लाको साधारण परिवारको युवा ज्ञानेन्द्र शाही, वरिष्ठ अधिवक्ताद्वय डा।सुरेन्द्र भण्डारी र वालकृष्ण न्यौपाने हाम्रो नेपाल हामी नेपाली भन्ने भ्रष्टाचार विरोधि र शुसासनको अभियान लिएर एकाएक बाहिर निक्ले र मिडियाहरुमा जताततै देखियो त्यसैगरि नेपाली सेनाका पुर्व सहायकरथि डा।प्रेमसिंह बस्न्यात, पुर्व सचिव भिम उपाध्याय, पुर्व प्रहरी डिआइजिपि रमेश खरेल वहालवाला उपसचिव प्रेम सञ्जेल लगायत थुप्रै बुद्दिजिविहरु सोहि अभियानलाई सहयोग पुग्नेगरि प्रस्तुत भएको पाइयो ।
हालसालै केही महिना अगाडि पुर्वप्रहरि डिआइजिपि रमेश खरेलको नेतृत्वमा पुर्व का।मु।रक्षा सचिव देवेन्द्र प्रसाद सिटौला सहित संलग्न हाम्रो नेपाल हाम्रो शुसासन अभिया भन्ने अभियानको औपचारिक घोषणा भएको छ । न्याय मरेको अबस्थामा स्वदेश तथा बिदेशमा न्याय नपाई पिडित आवाजबिहिनहरुको आवाज बनेर र चेलिहरुको उद्दारको लागि रबि लामिछाने एकाएक चर्चामा आउँछन् र करोडौँ नागरिकको समर्थन बटुल्छन् । 
त्यति मात्र नभइ सत्ताधारि दलकै नेता भिमरावलले दर्जनौ राष्ट्रहित विपरितका सरकारको निर्णय विरुद्द खरो उत्रेर त्यस्ता राष्ट्रघातका निर्णय फिर्ता समेत गराए अहिले फेरि त्यहिदलबाट विद्यार्थी नेतृत्व हुँदै उदाएकि नेतृ रामकुमारी झांक्रि पनि अग्रपंङ्तिमा आएको देखिन्छ यी सबै घट्नाक्रमलाइ र त्यतिबेला चण्डिबाबाले भनेको कुरालाई विश्लेषण गर्दा मेल खांदै छ जस्तो लाग्यो वहाँ बाबाजि तिनै हुन जसले २०६४र६५ तिर भगवान पशुपतिनाथ मन्दिर आसपासतिर २०५२ सालदेखि २०६२र६३ सम्म आइपुग्दा विद्रोह र जनआन्दोलनको क्रममा ज्यान गुमाएका नेपाली नागरिकहरुको आत्माले शान्ति पावस भनी होम गरेका रहेछन ।


, ,