लकडाउन पुनः बैशाख ३ गतेसम्म

हिजो बसेको मन्त्रिपरिषद बैठकले  लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याएको छ। चैत ११ गतेबाट शुरु भएको कडाउन मंगलबार सकिँदै गर्दा सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः आठ दिन थप गर्ने निर्णय गरेको हो ।


कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक साताका लागि लकडाउन तोकिएको थियो । त्यसयता कोरोना संक्रमितको संख्या नौ पुगे पछि पुनः लकडाउन अबधि थप गरिएको हो । संक्रमित ति मध्ये ८ जना आइसोलेसनमा उपचाररत छन् भने एक जना निको भई घर फर्किएका छन् ।
 कैलालीमा विदेशबाट फर्किएका एक जनामा देखिएको संक्रमण उनका आफन्तमा सरेपछि स्वास्थ्य मन्त्रालयले नेपाल दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो । उक्त अवधिभर अत्यावश्यक ढुवानीका साधन भने सञ्चालन हुन दिने निर्णय बैठकले गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत पनि वैशाख ३ गते राति १२ बजेसम्म स्थगन गरेको छ । अत्यावश्यक काम बाहेक घरभित्रै बस्न सरकारले आग्रह गरेको छ।

, , , ,