प्रधानमन्त्री ओलीले आज ११ बजे राष्ट्रका नाममा स‌ंबोधन गर्ने

 प्रधानमन्त्री केपी ओलीले आज बिहान ११ बजे पुनः देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।  सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवाले जनाएको छ ।

आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए । प्रधानमन्त्रि वलिले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गरेका थिए । यस अघि हिजो बसेको मन्त्रिपरिषद बैठकले  लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याएको छ।
चैत ११ गतेयता जारी लकडाउन मंगलबार सकिँदै गर्दा सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः आठ दिन थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक साताका लागि लकडाउन तोकिएको थियो ।

, , , ,