१३ नंं. वडा भित्र ५८ घरमा खाद्यन्न राहत वितरण

चौतारा   
हिजो शनिबार  चौतारा साँगाचोकगढी नगरपालिका वडा १३ ठुलोसिरुवारीले वडा भित्र ५८ घरमा खाद्यन्न राहत वितरण गरको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा ब्यवस्थापन गर्नका लागि वडा स्तरीय विपद् व्यवस्थापन समिति सहित सरोकारवालाको बैठक बसि यस्तो निर्णय गरेको थियो ।
उक्त वडा भित्र बसोबास गर्ने अति विपन्न ,गरीबी चुल्हो नवल्ने अवस्थामा पुगेका ५८ घरका परिवारलाई र ज्याला मजदुर गर्ने अलपत्र परेका रुकुमका ५ जनालाई पहिलो चरणमा नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको परिपत्र तथा नगरपालिकाको मापदण्ड अनुसार राहत  बितरण गरीएको वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनुभएको छ । बितरण गरिएको खाद्यन्न राहतमा प्रती परिवार चामल ३०के. जि ,दाल .३ के जि , तेल. २ लि ,चिनी .२ के जि, नुन.२के जि ,सावुन ४ वटा रहेकोे छ ।

, ,