गााउ गाँउमा बिउ र मल पुर्याउदैः मेयर निमफुञ्जो शेर्पा

नेत्र बस्नेत, बाह्रबिसे ।
 सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले लामो समय सम्म भएको लक डाउँनका कारण समस्यामा परेकाहरुलाइ बिशेष ब्यबस्था गरिरहेको छ ।


नगर प्रमुख निमफुञ्जो शेर्पाले स्थानिय नागरिकको सुबिद्याका लागि सुपथ मुल्यको पसल संञ्चालन गर्ने निर्णय गरे सँँगै किसानलाइ घरघरमा बिउ र मल उपलब्ध गराउँने ब्यबस्था गरेको बताउँनु भयो ।
उँहाले नगरका कोही पनि मानिसहरुलाइ कुनै पनि समस्या नपरोस ,बिश्व ब्यापिरुपमा फैलिएको  महामारिका कारण  समस्यामा परेका नागरिकको समस्या समधान गर्नका लागि नगरपालिका सँँधै लागि परिरहेको स्पष्ट पार्दे शेर्पाले समस्या परेको बेलामा नागरिकको समस्या सम्बोधन गर्न सके मात्र आफुले राजनिति गरेको सान्धर्भीक हुने बताउँनुभयो ।
बाह्रबिसे नगर पालिकाकाले शुक्र बार देखी लकडाउँनमापरेर  बिउ मल लिन नपाएका किसानहरुलाइ घरघरमा नै बिउ र मलको ब्यबस्था गरेको छ । यो किसानका लागि काम गर्ने समय हो यो समयमा कृषकहरु लकडाउँनका कारण घर भित्र बस्न पर्ने अबस्था छ खेतबारिमा काम गर्न जान सक्ने भए पनि बिउ मलका कारण खेति गर्न नसकेको अबस्थालाइ मध्य नजर गरि बारबिसे नगरपालिकाले यो योजना ल्याएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताउँनु भयो ।
उँहाले अब ६ महिना सम्म यो अबस्था रह्यो भने के खाने त्यसका लगि पनि   नगरापालिकाका सबै खेति योग्य जमिनमा सबैले अनिबार्य खेति गर्न पर्ने बताउँदै यस का लागि नगरपालिकाकाले  गर्न पर्ने सहयोग गरिरहेको बताउँम्नु भयो । 
हाल बितरणन गरिन लागेको बिउ मध्य भटमास,कोदो, र धानको बिउमा पचास प्रतिशत अनुदानका साथ सस्तो रासायनिक मल कृषकको  माग अनुसार गाँउ  घरमा लगिदिइने योजना रहेको  प्रमुख प्रशासकिय  प्रमुख फणेन्द्र प्रसाद पौडेलले जानकारि सदिनु भयो ।
उँहाका अनुसारनगर पालिकाले  बेसाहारा एकल महिला बेसाहारा जेष्ठ नागरिक सुकुम्बासी, दैनिक काम गरि खाने ज्यालादारि मज्दुर जो बारबिसे नगर पालिका भन्दा बाहीर या पालिका भित्र रहेका मजदुर , सुकुम्बासिर क,ख,ग,बर्गका अपाङ्गता भएका सबै अपाङ्गहरुलाइ बिशेष रहात समेत दिने नगर पालिकाले निर्णय गरेको छ ।
यस अघि नै पालिकाका भित्र रहेका हरेक दिर्घ रोगिहरुलाइ आबश्यक पर्ने औषधी घरघरमा नै लगिदिने र स्वास्थ्य परिक्षण घरघरमा नै गर्न ब्यबस्था नगरपालिकाले गरेको छ । नगर प्रमुख शेर्पा किसनको खेत बारिमा गएर सम्स्याका बारेमा जानकारि लिइ रहनु भएको छ भने काठमाण्डौबाट गाँउमा फर्केका सबैलाइ खेतिमा लाग्न र बाँझो जग्गा सबै सदुपयोग गर्न नगरबासिलाइ अनुरोध गर्नु भएको छ । 

, , , ,