कांग्रेससचिब झलक नेपालद्धारा सहयोगका लागी अपिल

नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिब झलक नेपालले काठमाण्डौ लगाएत बिभिन्न स्थानबाट आएका नागरिकलाइ सामाजिक दुरी कायम गरि यथा स्थानबाट सकेको सहयोग गर्न सबै लाइ अनुरोध गर्नु भएको छ । उँहाले यतिबेला विश्व कोरोना भाइरसको कहरबाट प्रताडित छ।

यसले मजदुरि , ज्यालादारी गर्ने, हुँदा खाने नेपालीलाई सबैभन्दा बढी असर गरेको छ। आफ्नो पेट् पाल्न र्गाहो हुने नेपालीहरु हजारौंको संख्यामा आफ्नो थातथालोमा झरी ,घाम, बादल, भोक निन्द्रा नभनी घन्टौं सम्म कष्टकर यात्रामा छन् यसै परिवेशमा नेपाली कांग्रेसका केन्द्रीय सभापतिज्युले समेत दुखकष्ट भोक,अभाव भोगिरहेका जनताप्रती आफ्नो पार्टी पङ्ती , भात्री तथा शुभेच्छुक संघसस्थाहरुलाई सामाजिक दुरि कायम गरि सहयोग गर्न निर्देशन भएको भन्दै सोही  अनुसार नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्रीय समिति , परदेश क्षेत्रीय समिति , नगर समिती, गाउँ समिती, वार्ड समिती, टोल समिति र नेपाली कांग्रेसका कृयाशिल सदस्य समेतलाई सकेको मानवीय सहयोग र खान बस्ने व्यवस्था गर्न अनुरोध  गर्नु भएको छ ।

, , , , ,