सरकारले ल्याएका अध्यादेशको बिरोधमा नेविसंघको बाह्रबिसेमा प्रदर्शन

चौतारा, 
नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले बाह्रबिसे बजारको मुख्य चोकमा केन्द्रिय निर्देशन अनुसार आज अध्यादेश, भ्रष्टाचार र नागरिक स्वातन्त्रता प्रतिको हमला गरेको विरुद्ध तानाशाही भ्रष्ट सरकारको बिरूद्व गरेको सामाजिक र मर्यादित बिरोध कार्यक्रम गरेको छ । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ (नेविसंघ) ले सरकारले ल्याएका अध्यादेशको बिरोधमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजारको चोकमा  प्रदर्शन गरेको हो । नेबिसंघको केन्द्रिय निर्देशन अनुसार अध्यादेश, भ्रष्टाचार र नागरिक स्वातन्त्रता प्रतिको हमला गरेको विरुद्ध  शुक्रवार बिहान ९ बजेबाट १० मिनेट देशभर बिधेयक फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
सोमबार सरकारले ल्याएका दुबै अध्यादेश फिर्ताको माग गर्दै देशैभर प्रदर्शन गरिएको अध्यक्ष राजीब ढुंगानाल जानकारी दिनुभएको छ । 
लोकतन्त्र समाप्त पार्ने नियतका साथ अध्यादेश ल्याइएको भन्दै नेविसंघ विरोधमा उत्रिनु परेको बताएको छ  । 
कोरोना महामारी रोकथाम गर्नु पर्नेबेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवाद उन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

, , ,