चौसागढी नपा ८को ५जना क्वारेन्टाइनमा


चौसागढी नपा ८को  ५जना क्वारेन्टाइनमा
चौतारा साँगोचक गढी ७ स्थित मेलचौर क्वारेन्टाइनमा ५ जना भर्ना भएका छन  । चौतारा सँँगाचोकगढी नगरपालीकाकोअनुसार बिहीबार चैत्र २० गते मेलचौर स्थित क्वारेन्टाइनमा बिहीबार  भारतको बैंगलोरबाट आएका ५ जनालाई स्वास्थ्य परिक्षण पश्चात् क्वारेन्टाइनमा राखिएको हो । उँहाहरु पाँचै जना चौतारा साँगाचोकगढी वडा न ८ इर्खु, चिलाउनेका रहनु भएको छ । उँहाहरुको स्वास्थ्य  परिक्षण गरे पछी यसरी राखीएको हो ।



यसैगरी चौतारा साँगाचोकगढी नगर पालीका नगर बासीहरुको स्वास्थ्य सुरक्षामा  अती सम्बेदन सिल भएर लागी परेको बताउँदै  नगर प्रमुख अमानसिंह तामाङ्गले बिदेशबाट आफ्नो घर आइपुग्नुभएका सबैले इमानदारीपूर्वक नगरपालिकाको सम्पर्कमा आइ बिदेशबाट नेपाल छिरेको १४ औं दिन सम्म क्वारेन्टाइनमा बस्नुहुन  अनुरोध गर्नू भएको छ। उँहाले यसरी क्वारेन्टाइनमा बस्नु भनेको आफु र आफ्नो परिबारको सुरक्ष हुनु हो यसमा अन्यथा नलीन समेत  सबैमा अनुरोध गर्दै नगर भित्र बिदेसबाट आएकाहरुलाइ कम्तीमा पनी १४ दिन नजीकको क्वारेन्टाइनमा स्वास्थ्य परिक्षण गरि बस्न अनुरोध गर्नु भएकोछ ।
यस अनुरोधलाइ अटेर गरी लुकी छिपी बसेमा बस्ने र बसाउँनेलाइ समेत कार्बही गरिने नगरपालीकाले जानकारी दिएको छ ।
यसै गरि नगरपालीका भित्र रहेका बजार क्षेत्रहरूमा  कोराना भाइरसको बिरुद्ध किट नासक बिशादी समेत छर्ने काम सुरु गरेको छ, यसै क्रममा बुधबारदेखि चौतारा बजार, जल्किने, साँगाचोक, सुकुटे, बन्देउ, बलेफी लगाएतका स्थानीय बजार क्षेत्रहरूमा बिशादी छरेको हो, साथै यसैगरी सबै वडामा पुग्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।



, , , , ,