आफ्ना नागरिकको सुरक्षामा जिम्मेवार हुदै स्थानिय सरकार

बिदुर आचार्य, 
विश्वभर फैलिएको कोरोना भाईरस (कोभीड–१९) नियन्त्रणको लागि सरकारले आह्वान गरेको लगडाउनले मर्कामा परेका आफ्ना नागरिकको जिम्मेवारी लिने भएको छ ।


विश्वभर फैलिएको कोरोना भाईरस (कोभीड–१९) नियन्त्रणको लागि सरकारले आह्वान गरेको लगडाउनको पच्चिस दिनपछि स्थानिय सरकारले आफ्ना नागरिकको खोजी सुरु गरेका छन् । आफ्ना नागरिकले कामको शीलसीलामा देशको अर्को स्थानमा समस्या वेहोर्न परेमा सम्पर्क गर्न आह्वान गरेका हुन् ।  वाह्र स्थानिय तह रहेका सिन्धुपाल्चोकका पाँच स्थानिय तहले शनिवार राजधानी वा देशको जुन कुनै स्थानमा खान, वस्न समस्या भएमा आफ्नो स्थानिय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका हुन् । खान, वस्न र परिवार भेट्न राजधानीवाट थाकथलो हिड्नेको सङ्ख्या वढे सँगै सिन्धुपाल्चोकका स्थानिय सरकारले आफ्ना नागरिकको अवस्था वारे जानकारि लिने प्रयत्न सुरु गरेका हुन् ।
चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङले शुक्रवार आफ्नो सामाजिक सञ्जाल मार्फत नगरवासी नागरिकमा केही समस्या भए खवर गर्न आग्रह गर्नुभएको छ । उहाँले कामको सन्दर्भमा देशको जुनकुनै स्थानमा भएपनि नगरपालिकाले सुरक्षित रुपमा ल्याई चौध दिन क्वारेन्टाईनमा राखिने उल्लेख गर्नुभएको छ । ‘नगरपालिका को कोही नागरिक आफ्नो जन्मथलो फर्किन चाहनुभएको वा वाटोमा अलपत्र पर्नुभएको छ भने सम्पर्क गर्नुहोस,’ तामाङले लेखेका छन्, ‘नगरपालिकाले सुरक्षित रुपमा नगर सम्म ल्याई स्वास्थ्य जाँच पश्चात घर सम्म पु¥याउने व्यवस्था गर्छ ।’ उहाँले पालिकामा रहेको क्षेत्रिय क्वारेन्टाईनको क्षमता १० वेड थप्ने, जुनसुकै जिललामा पुगेका नगरबासीलाई सम्वन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारि सँग समन्वय गरि सहयोग गर्ने समेत बताउनुभयो ।
शनिवार कार्यपालिकामा छलफल गरि लिसङ्खु पाखर गाँउपालिकाले देशका विभिन्न ठाँउमा रहेका ज्याला, मजदुरी गर्नेको विवरण संकलन गरि तत्काल उचित व्यवस्थापनमा लाग्ने पालिका प्रमुख कमल नेपालले जानकारि दिनुभयो । ‘लिसङ्खु पाखरका कुनै ब्यक्ति खान, वस्नमा समस्यामा परेका छन् भने उनीहरुको उचित ब्यवस्था गरिनेछ,’ अध्यक्ष नेपालले भन्नुभयो ‘घर आउन चाहनेलाई सुरक्षित रुपमा ल्याई क्वारेन्टाईनमा राखेर स्वास्थ ठीक भएको प्रमाणित भएपछि घर सम्म पु¥याउने पालिकाको तयारी छ ।’ उनले वडा तहसम्मका ब्यक्तिहरुलाइ सम्पर्क गर्न आवश्यक मोवाईल नम्वरहरु उपलब्ध गराईएको जानकारि दिनुभयो ।
त्यस्तै वाह्रविसे नगरपालिकाले पनि काम तथा पढाईको सन्दर्भमा नगरवाहिर रहेका नगरबासीलाई नगरपालिकाले सहयोग गर्ने जनाएको छ । नगरपालिकाले वडा तह सम्मका जनप्रतिनिधीलाई समपर्क गरि आफ्नो अवस्था जानकारि गराउन अनुरोध गरेको छ ।

, , ,