लकडाउनले सबै ‘लक’ गर्छ . ‘ प्रभात श्रेष्ठ

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ मा पिता कृष्णराज श्रेष्ठ र माता दीपिका श्रेष्ठबाटविक्रम सम्वत् २०४१ फाग’न ५ गते जन्मन्भएका श्री प्रभात श्रेष्ठ कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ सिन्धुपाल्चोक र क्यान महासंघ प्रदेश ३ का संस्थापक अध्यक्ष हुनुहुन्छ . हाल उहाँ क्यान महासंघका केन्द्रीय सदस्य समेत हुन्ुहुन्छ . उहाँले चौतारामा सेवा कम्प्युटर सेन्टरको नामले आप्mनो व्यवसाय पनि सञ्चालन गरिरहनुभएको छ .  लोकप्रिय समाचारले उहाँसँँग गरेको छोटो क’राकानी–


हाल विश्वव्यापी रूपमा फैलिएको कोरोनाका महामारीका कारण पेशामा कस्तो प्रभाव परेको छ?

कोरोना महामारीका कारण विश्वभर भएको लकडाउनले हाम्रो पेशामा मात्र हैन, सबै क्षेत्रमा सकारात्मक र नकारात्मक दुबै प्रभाव परेको छ . सकारात्मक यो अर्थमा कि यो महामारीका कारण गरिएको लकडाउनले नेपालमा जुन गतिमा यो महामारी फैलन सक्थ्यो, त्यो फैलन पाएको छैन . नेपाल जस्तो देशका लागि कोरोनाको उत्तम औषधी लकडाउनबाहेक अरु हैन . नकारात्मक असर चाहिं विश्वभरको अर्थतन्त्र डामाडोल छ . कति ठाउँमा भोकमरी चलेको छ . कामदारहरू घर फर्कन पाएका छैनन् . काम गर्न नपाउँदा आम्दानी छैन . आम्दानी नहँुदा एक छाक खान पनि समस्या छ . हाम्रो पेशा पनि यस्तै हो . सबै बन्द गर्नैप¥यो . कारोबार ‘जिरो’ छ . सपोर्ट दिन’पर्ने ठाउँमा पनि राम्रोसँग दिन सकिएको छैन . अनलाइन सपोर्ट दिएर हुने ठाउँमा अनलाइन सपोर्टबाटै धेरै समस्या सुल्झाएका पनि छौं .

यस रोगको नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामहरूका बारेमा यहाँको धारणा के छ?
सरकारले गरेको काम चित्तबुभ्mदो छ . तर, लकडाउनले धेरै जनताहरू बेहाल अवस्थामा छन् . कोही घर जान पाएका छैनन् . कहिं भोकमरी चलेको छ . ती सबैको व्यवस्थापन सरकारले गर्नूपर्छ . त्यतातिर चाहिं राम्रोसँग सरकारले ध्यान दिन नसकेको जस्तो लागेको छ . रह्यो कुरा लकडाउनको –सरकारले बारम्बार लकडाउन थपेर उचित गरेको छ . किनभने केही गरी देशमा यो महामारी फैलियो भने बिरामीलाई न पुग्ने भेन्टिलेटर छ, न पुग्ने बेड छ, न उपचारका लागि पुग्दो स्वास्थ्यकर्मी छ . अरुबेला त नेपालका कुनै पनि अस्पतालमा बिरामीको लागि आईसीयू खाली हुँदैन, वार्ड खाली हँुदैन . झन् महामारी फैलियो भने के होला ? नेपालको लागि लकडाउनबाहेक यो महामारी रोक्न अरु विकल्प नै छैन . यो तथ्य सरकारले राम्रोसँग बूझेको महसूस मैले गरेको छू .

. यस पेशामा लागेकाहरूलाई लकडाउनको कतिको प्रभाव परेको छ?
लकडाउनले सबै ‘लक’ गर्छ . ‘लक’ नै गरिदिएपछि प्रभाव त परिहाल्छ नि .

. लकडाउनका बेला तपाईंद्वारा इन्टरनेट सेवाग्रहीलाइ कसरी व्यवस्थापन गरिएको छ ?
लकडाउनको यो समयमा अधिकभन्दा अधिक इन्टरनेट प्रयोग भइरहेको छ . अरुबेलाको भन्दा करिब तीन गुणासम्म बढी ब्याण्डविथ तानिरहेको छ . त्यसैले लकडाउनको समयमा समेत सकेसम्म हामीले इन्टरनेट सेवालाई रोकिन दिएका छैनौं . कहिं केही समस्या आइहाल्यो भने पनि विभिन्न उपायहरू अपनाएर तुरुन्तै त्यसको समाधान गरेका छौं . कोही एक सेवाग्राहीको इन्टरनेट चलेन भने पनि फोन सम्पर्कमार्फत विविध सपोर्टहरू दिएर इन्टरनेटलाई सुचारु गराएका छौं .

. यो लकडाउन कति समयका लागि हुनुपर्छ जस्तो लागेको छ ?
जबसम्म यो महामारी अब अलि नियन्त्रणमा आउँदैन तबसम्म लकडाउन गरिनूपर्छ . तर, कुनै स्थानीय निकायमा यदि कोरोनाको संकेत केही देखिएको छैन भने त्यो स्थानीय तहभित्रका कारोबार चाहिं सुचारु गराउनुपर्छ . तर, बाहिरबाट आवतजावत चाहिं पूरै ठप्प पार्नुपर्छ .

. अन्तमा यहाँको भनाइ केही बाँकी छ कि ?
यो लकडाउनको समयमा सबै संयमित भएर यो महामारीलाई नियन्त्रण गर्न साथ दिनुहुन सबै नागरिकहरुलाइ आग्रह गर्दछू . कोही एकको सानो लापर्वाहीले ठूलो दुर्घटना निम्तिन सक्छ . जसको कारण देशको भविष्य अन्धकार हुन सक्छ . भविष्यको लागि वर्तमानमा केही गाह्रो–साह्रो सहिदिनु हुन सबैमा अनुरोध गर्दछू  ।

, , , , ,