त्रिपुरासुन्दरी गा पा ३ धुस्कुनमा सम्पुर्ण वडाबासिको स्वास्थ्य परिक्षण अभियान शुरु

चौतारा,
 त्रिपुरासुन्दरी गा पा ३ धुस्कुनमा आजबाट जनताको घरदैलोमा पुगेर  स्वास्थ्य परिक्षण शुरु गरेको छ । वडा अध्यक्ष सुकदेव रिसालको नेतृत्वमा स्वास्थ संयोजक रामप्रकाश यादवको टोलि सहित जनताको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण अभियान सुरु भएको छ । 

आजबाट शुरु भएको भएको उक्त अभियानमा आज मात्रै  खाजिलुङ, निगाले,पात्ले ,जात्राथली लगाएत का टोल सप्पन्न भएको वडा अध्यक्ष सुकदेव रिसालले जानकारी दिनुभएको छ ।
  आज एकै दिनमा ३ वटा टोलि परिचालन हुँदा ६०० जनाको स्वास्थ परिक्षण गर्न सफल भएको उहाँले बताउनुभएको छ । दीर्घ रोगी हरुले सेवन गरिरहेका औसधिको विवरण संकलन गरी निशुल्क औषधि बितरण समेत गरिने रिसालले बताँउनुभयो ।
३ दिनसम्म चल्ने अभियानमा करिब ४५०० जनाको स्वास्थ परिक्षण हुने समेत उहाँले बताउनुभएको छ ।
यस सँगसँगै एक घरमा २ थान डेटोल साबुन र प्रत्येक ब्याक्ती लाई मास्क उपलब्ध गराइएको छ ।

, , ,