१२ नं वडामा बिपत व्यवस्थापन समिति निर्माण

चौतारा
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ ले आज अर्थात बिहिबार वडा बिपत व्यवस्थापन समिति निर्माण गरेको छ ।

वडाध्यक्ष धुब्रराज गिरीको संयोजकत्वमा  ९ सदस्यिय  बिपत व्यवस्थापन समिति निर्माण गरिएको बिपत व्यवस्थापन समितिका सदस्य पुर्ण बहादुर तामाङले जानकारी दिनुभएको छ ।
बिपत व्यवस्थापन समिति निर्माण गरीएसँगै  पहिलो पटक बसेको समितिको बैठकले साँगाचोक लगाएतको बजारमा लकडाउनको पुर्ण पालना गराउन बेलुका मात्रै अत्यावश्यक पसल खोल्न दिने जस्ता बिबिध निर्णय समेत गरेको तामाङले बताएका छन् ।
बैठकले भोलिबाट वडा भित्र रहेका ८० अति बिपन्न परिवारलाई २४ सय बराबरको राहत बितरण गर्ने निर्णय समेत गरेको छ ।

, ,