२० हजार नाघ्यो अमेरिकामा मृत्यु हुनेको संख्या

चौतारा 
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।  वल्डोमिटरका अनुसार विगत २८ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ ।

त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन् । अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३९ हजार ८ सय ७९ छ ।  यो सँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७९ हजार पुगेको छ ।
वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट १ लाख ८ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ। त्यस्तै, ४ लाख २ हजार ६ सय ५९ जना उपचारपछि निको भएका छन्। पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ ।

, , ,