आरोप प्रत्यारोप गरेर बस्नुभन्दा सबै मिलेर विपतको सामना गर्नुपर्छः तामाङ

चौतारा 
बिश्वलाई नै चकित बनाइरहेको कोरोना भाइरसको डरलाग्दो अबस्थामा एक अर्कामा आरोप प्रत्यारोप गरेर बस्नुभन्दा सबै एक भएर विपतको सामना गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बताउनुभएको छ ।

देश नै आक्रान्त भइरहेको अबस्थामा हामि सबै मिलेर विपतको सामाना गर्नुपर्नेमा यस्तो अबस्थामा पनि खुट्टा तान्ने प्रवृति देखिएको दुख लागेको उहाँले बताउनुभएको छ । आइतबार घटेको जस्तो घटना पुनः नदोहोरीयोस भन्दै उहाले भन्नुभयो “ यहाँ बिचमा पासो थापेर  अर्कोलाई लडाएर हास्नेहरुको जमात धेरै रहेको छ  यस्ता प्रविधि भएका मानिसहरुलाई निरुत्साहित गर्न हामि जहाँ जहाँ छौ सबै सचेत भएर लाग्नुपर्ने  बेला आएको छ ।”
 सुन्धु सदाबहार हस्पिटल र हेम्स अस्पतालले जिल्ला भरका एम्बुलेन्स चालकहरुलाई सुरक्षीत सामाग्रि जिल्ला बिपद ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रमकने सम्बोधन गर्ने क्रममा प्रकुखले उक्त कुरा व्यक्त गर्नुभएको हो ।
सुन्धु सदाबहार हस्पिटल र हेम्स अस्पतालको आर्थीक सहयोगमा सुन्धु सदाबहार हस्पिटलका अध्यक्ष तथा लिसंखुपाखर गाँउपालिकाका अध्यक्ष कमल नेपालले उक्त सामाग्रि जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई हस्तान्तरण गर्नुभएको हो । उक्त सामाग्रि जिल्लामा रहेका २७ वटा एम्बुलेन्स चालकलाई बितरण गरिने छ ।

, , ,