निको भएर घर फर्किन कोरोना संक्रमित युवती

चौतारा,  
कोरोना संक्रमित काठमाडौंकी युवती  संक्रमण मुक्त भएर घर फर्किएकी छन्।
 काठमाडौंकी १९ वर्षीया ती युवती प्रशिद्धि श्रेष्ठ घर फकेंकि हुन् ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् ।  
काठमाडौंको मैतीदेवी निवासी उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएकी हुन् । गत ४ चैतमा फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड(१९ पोजेटिभ देखिएको थियो ।
 त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो । उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिए पछि डिस्चार्ज गरिएको हो ।  

, , ,