क्वारेन्टाइनको लागी मेलम्ची रिसोर्ट हस्तानन्तरण


मेलम्चीमा थप ३५कोठाको क्वारिन्टाइन बन्न्ो भएको छ ।





मेलम्ची नगरपालीकाको प्रमुख डम्बर अर्यालको बिशेष पहलमा मेलम्चीमा सुबिधा सम्पन्न  होटल क्वारिन्टाइनका लागी उपलब्ध भए पछी थप सुबिधा सम्पन्न करेन्टाइन वार्ड  बन्न् लागेको हो  ।   होटल मालीक भिमसेन डङ्गोल ले क्षेत्रीय क्वारिन्टाइन निर्माणको लागी आफ्नो मेलम्ची रिसोर्ट उपलब्ध गराउँनु भएकोमा जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले उाँहालाइ बिशेष धन्यबाद दिनु भएकोछ । यसै बिच मेलम्ची नगरपालीकाका प्रमुख डम्बर अर्याालको अध्यक्षतामा   जिल्ला सम्म्न्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्ग ,इन्द्रावती  गाँउ  पालीकाका प्रमुख बंशलाल तामाङ्ग,पाँचपोखरी थाम्पालगाँउपालीकाका प्रमुख टासी लामा मेलम्ची नगर पालीकाका उप प्रमुख भगवती नेपाल ,स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाँइ  मेलम्ची नगर पालीकाको प्रमुख प्रशाशकीय अधिकृत कुमार प्रसाद कोइराला नेमकपाका अध्यक्ष झम्क नेपाल लगाएतका ब्यक्तीहरुको उपस्थिती मा क्षेत्रीय क्वारेन्टाइन ब्यबस्थापन लगाएत बिभिन्न् निर्णय हरु गरिएको छ । मेलम्ची नगरपालीकाका सुचना अधिकारी जित बहादुर कार्कीका अनुसार अब मेलम्ची मा क्षेत्रीय स्तरको ७०र्वाडको  क्वारेन्टाइन र १९ वार्डको  आइशोलेसन   बन्ने भएको छ । यस अघी मेलम्ची  नगरपालीकाको भवनमा ३५वार्डको क्वारेन्टाइन रहेको थियो भने मेलम्ची रिसोर्ट मा तत्कालै थप ३५ वार्डको क्वारेन्टाइन बन्ने भए पछी  ७० पुग्ने भएको र ४वटा आइशोलेसन वार्ड तैयारी भइ सकेको र अब १५वार्डको आइशोलेसन वार्ड थपिए पछी १९ वार्डको आइशोलिसेन वार्ड तैयार हुने भएको छ ।
बैठकले क्षेत्रीय क्वारेन्टाइन ब्यबस्थापन समिती समेत गठन गरेको छ । जस्मा संयोजक मेलम्ची नगरपािलीकाका प्रमुख डम्बर अर्याल रहनु भएको छ भने सदस्यहरुमा इन्द्रावती गाँउपालीकाका अध्यक्ष बंश लाल तामाङ्ग हेलम्बु गाउँपालीकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा   पाँचपोरी गाँउपालकाका प्रमुख टासी लामा र मेलम्ची नगर पालीका लगाएत ४वटै पालीकाका प्रमुख प्रशासकिय अधिकृहरु सदस्य रहनु भएको छ । 

, , , ,