सरकारको प्रश्नः कोरोनाले मर्नुहुन्छ कि भोकमरीले ?

आकाश गजुरेल, भक्तपुर ।
सोधि हेर्ने हो भने आज देशमाकोरोना सङ्क्रमितको सङ्ख्या कति छ भन्ने कुरा सबैलाई थाहा छ ।

आजभोकमरीले कतिजना मरे भनेर सोधि हेरौ त, कसलाई थाहा छ ?मैले यस्तो भन्दै गर्दा, ओहो, हो किक्याहोू भन्दै तपाईँ आजको समाचार हेर्न थाल्नुहोलाअरे दाजु यहाँ मिडियाहरू कोरोनानभएको व्यक्तिलाई पनि कोरोना भएको देखाउदैमा व्यस्त छ ।
 कसलाई मतलब ति दुखी गरिव, मरे निबाँचेनी, ल एकछिनलाइ मानौ एक दुई मिडियाले तिदुखीहरुको बारेमा लेखेर हालेछ नै भने पनि, खोलेर पढ्ने फुर्सद कसलाई छ ?हाम्रो लागि त यहावल्र्ड कप चलिरहेको छ, अमेरिकामा यति कोरोना केश, चाइनामा यति कोरोना केश, इटालीमा यति मान्छे मरे, फ्रान्समाउति मान्छे मरे। अरे भाइयिनिहरू साँच्चीकै का मान्छेहरू हुन, एक चोटि मरे पछि फर्केर आउने वाला छैनन्। भन्ननहुने कुरा हो तर हामीलाई मान्छे मरेको समाचार मात्र रोमान्चक लाग्छ।
आज कसैले ू भोकमरीले मान्छे मर्लान हैू भनेर लेख्यो भने कसैले पड्दैनन तर  त्यही मान्छेले २(४ दिन पछि  ूभोकमरीले मान्छे मर्यो हैू भनेर लेख्यो भने लागिरहेको पिशाब च्यापेर भएनित्यो समाचार खोलेर हेर्छौ, अनि यो समाचारलाई ट्रेन्डिङमा पुराउछौँ। अनिहामी के भन्छौं थाहा छ, बिचरा, कठैबरा ।
 अरे भाइ, बिचरा त्यो भोको तेरै घर बाहिर बस्थ्यो, कास तैंले त्यो समाचार पढेको मात्रै भए, जुनदिनत्यो भोकले छटपटी रहेको थियो, त्यो दिन धरमा बडि भएको खानातँ डस्टबिनमा फाल्दै थिइस, अझै केहीबिग्रेको छैन आफै सोच त्यो भोकले मरेको थियो किहामीले मार्यौ।  आज मान्छेहरू फेसबुकमा चर्चित हुनको लागिभोकाको पेट भर्छन यो भन्दालाजमर्दो कुरा के हुन सक्छ ?
१० किलो चामल दिएर १०० वटा फोटो खिच्ने ति मान्छेलाई एउटा कुरा भन्न चाहन्छु, तँमर्दा खेरि छ नि तेरो लास माथिफूल राखेर सेल्फि लिदैँ  इ मैले बानेश्वर बाट किनेको १८०० को फुलभन्दै फेसबुकमाहाल्ने मान्छे नि तैँले भेट्टाउने छस। कोइ मान्छे गरिव अवस्यहोला तर उसको पनिआफ्नो ठाउँमा इज्जत छ। हाम्रो समाज एसै त कुरा काट्न जान्दैन ।
हेर हेर त्यसले राहत लेराको १० किलो चामलअनिनुन बेसार के के रैछ, काम सामगर्दैन थियो किक्याहोू। हैन मलाई अचम्म लाग्छ अर्काको के चासो गर्नु, कुरा नकाटि खाको निपच्दैन कि। अरे भाइ, न त तँ सँग माग्न नै आएको छ न तेरो केहीखाइदेकै छ, सक्छस भने सेवाको हात अघि बडा नत्रभने आफ्नो काम सँग काम राख न। अबहामी त निकम्माभयौँ भयौँ, सरकार झनै निकम्मा रैछ। कोरोनाको र्यापिड टेस्ट त सुरु गर्यो तर भोकाहरुको भोक टेस्ट गर्न भने बिर्सेछ।
 धनिहरुलाइ त रमाइलो छ, चैतमा चैते दशै मनाएअब बैशाख भरि नयाँवर्ष मनाउदै बस्छन्, तर त्यो परिवार को के होलाजो आज फेरी भोकै सुत्ने वाला छ। के जवाफदिउनतिआमाले आफ्नो छोराछोरीको जटिल प्रश्नको आमा हामी खाना कहिले खानी? प्रहरीको धेरै कुटाइ खाएर आएको बुवा आज पनि आफ्नो छोराछोरीको लागि खाना जुटाउन नसकेको मानि धारमा हात लाउँदै रोएर बसेको होला। आफ्नो आमा बुवालाई हेरौँ त एक चोटि, देख्न सक्नुहुन्छ उहाँहरूको आखाँमा आशुं ? अनि किन त आफ्नो परिवार चाहिँ परिवार अनिअरूको परिवार चाहिँ परिवार होइन र ?

, , , ,