वडा नं १४ ले घरदैलोमा नै उपचार शुरु गर्दै

चौतारा, 
 बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस बाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण  आफ्ना नागरिकलाइ कुनै पनि समस्या नपरोस भन्दै स्थानिय सरकारले  घर घरमा औषधि उपचारको ब्यबस्था  गरिरहेको छ ।

यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको चौतारासँँगाचोक गढी नगरपालकिा १४मा पनि मंङ्गलबार देखि यो सुबिधा लागु हुने भएको छ । वडा अध्यक्ष शेर  बहादुर श्रेष्ठका अनुसार मंङ्गल बार बिहान ७ बजे बाट एकिकृत सिमाकृंत (माझी) बस्तीदेखि रोग परिक्षण तथा  गर्न लागिएको हो ।
लामो समय सम्म भएको लकडाउँनका कारण नियमित स्वास्थ्य परिक्षण गराउँन नसकेका र नियमित रुपमा औषधि सेवन गर्नै गरेका नागरिकका लागि समेत सहज होस भन्नका लागि यो वडा कार्यलयले यो ब्यबस्था गरेको समेत श्रेष्ठ ले बताउँनु भयो । यो रोग परिक्षणमा स्थानिय स्वास्थ्य कर्मी वडाका प्रतिनिधिहरु ले सामाजिक दुरीका पालनाका साथ रोग परिक्षण गर्न लागिएको हो । हाल मौसम परिबर्तन हुने समय भएको र  यस अबस्थामा बिभिन्न रोग लाग्न सक्ने भएकोले  यो रोग परिक्षण्को ब्यबस्था गरिएको हो । यस अघि नै चौतारासँँगाचोक गढी नगरपालकिा भित्रका २,४, ७ लगाएतले जनताको घरदैलोमा नै पुगेर परिक्षण गरिसकेको छ ।

, , ,