त्रिपुराशुन्दरी गा.पा. ३ धुस्कुनले घरदैलो मा शिक्षण अभियान सुरु गर्ने

चौतारा,
त्रिपुराशुन्दरी गाउँपालिका ३ धुस्कुनले घरदैलोमा नै शिक्षण अभियान सुरु गर्ने भएको छ । 
वडा समितिको बैठकको निर्णय अनुसार अन्तिम परीक्षाको नतिजा अनुसार विद्यालयले नै भर्ना गर्ने र अन्य विद्यालयबाट आउने विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयको प्रधानाध्यापकको सिफारिसमा भर्ना गरिने वडाध्यक्ष सुकदेव रिसालले बताउनु भएको छ । उहाँका अनुसार छुट भएका विद्यार्थीहरुलाई स्वयं सेवक परिचालन गरी भर्ना तथा पुस्तक वितरण घरघरमै पुगेरै गरिने छ । भर्ना यहि बैशाख २६ गते भित्र गरिसक्ने उहाँले जानकारी दिनुभयो ।
स्थानीय सरकारको समन्वयमा नयाँ शैक्षिक सत्रको लागि विद्यालयको विद्यार्थी संख्या अनुसार पुस्तक वितरण गर्न विद्यालयका शिक्षहरु परिचालन गरिने पनि उहाँले जानकारी दिनु भयो । त्यस्तै घरघरमा पुगेर शिक्षण सिकाईको लागि समन्वय गरिने पनि निर्णय भएको पनि उहाँले जानकारी दिनु भयो । सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा छलफल गरिने उहाँले बताउनु भयो । धुस्कुनमा ८ ओटा विद्यालयमा ६ सय विद्यार्थी अध्यायनरत छन् ।

, , ,