डोर टु डोर स्वास्थ्य सेवा पुर्याइरहेका छौँः वडाध्यक्ष रिसाल

चैतारा, बैशाख १८ ।  
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.३ को वडा अध्यक्ष सुकदेव रिसालसँग लोकप्रिय समाचार दैनिक र लोकप्रिय समाचार अनलाइनको  लागि छोटो कुुुराकानीको अंश । 

सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गा.पा वडा नं.३ धुस्कुन स्र्वगिय पिता राम प्रसाद रिसाल र माता तुलसा रिसालको कोखबाट मिति २०३९।०२।१२ गते जन्मनु भएका श्री सुकदेव रिसाल हाल त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.३ को वडा अध्यक्ष हुनुहुन्छ । विक्रम सम्वत २०५२।०५३ देखि श्री महेन्द्र प्रताप मा.वि. धुस्कुन देखि अनेरास्ववियु बाट विधार्थी राजनिति सुरु गरेका रिसाल युवासंघ नेपालको क्षेत्र नं.१ को अध्यक्ष र जिल्ला सचिवालय सदस्य हुदै तत्कालिन नेकपा एमालेका जिल्ला पाटी कमिटी सदस्य समेत हुनुभएको थियो । १० बर्ष शिक्षण पेसाको अनुभव बटुल्नु भएका रिसाल आफ्नै प्राभेट व्यवसायमा पनि संलग्न हुनुहुन्छ ।
हाल विश्वब्यापी रुपमा फैलिएको कोरानाका महामारी नियन्त्रण तथा रोकथामका लागि के के गरिरहेको छ ?
जव कोरानाको संक्रमण फैलिएको खवर प्राप्त भयो हामीले वडामा सचेतनाको अभियान सन्चालन गरियो । लकडाउन सुरु भएपछि वडाको श्री हरिसिद्धी आ.वि. को भवनमा स्थानीयको आर्थिक सहयोगमा १५ वेडको अस्थाई क्वारेन्टाईन स्थापना गरिएको छ । स्वास्थ्य स्वयमसेविका मार्फत साबुन र माक्स सहित स्वास्थ्य सरसफाईको अभियान सन्चालन गरेका छौ । डोर टु डोर स्वास्थ्य सेवा सन्चालन गरेका छौ । लामो समय देखि औषधी सेवन गरेकाहरुलाई औषधी उपलब्ध गराई रहेको छ ।
तपाईको वडाले कसरी आफ्नो नागरिकको सुरक्षाको ब्यवस्था गरेको छ ?
नागरिकको सुरक्षाको विषयमा कुरा गर्नु पर्दा हामीले जिल्ला वाहिरबाट आउनुहुन वडा बासीलाई अनिवार्य स्वास्थ जाँच गरेका छौं । साथै वडा स्वयमसेवक समिति गठन गरि प्रहरीको निरन्तर उपस्थितिमा निगरानी बढाएका छौं । पसलहरु विहान र बेलुकी मात्रै सन्चालन गराएका छौं ।
हाल यो रोग रोकथाम तथा नियन्त्रनका लागि श्रोत कँहाबाट प्राप्त भएको छ ?
श्रोतको कुरा गर्नुपर्दा स्थानीय समाजसेवीहरुबाट धेरथोर सहयोग प्राप्त भएको छ । गाउँपालिकामा करिव ८० लाख बराबरको आपतकालिन कोष खडा गरिएको छ । त्यही श्रोत नै हाम्रो मुख्य श्रोत हो ।
तपाईको वडामा कती रोगी छन ?
हाम्रो वडामा हाल सम्म कोरोना संक्रमित छैनन् ।
विदेशबाट आएका हरुलाई यो रोग लागेको पाइएको छ तपाईकोमा कती छन यस्ता मानिसहरु के के व्यवस्था  गरिएको छ ?
हाम्रो वडामा विदेशबाट आउनु भएका जम्मा ४ जना हुनुहुन्छ । सवै जना फागुन महिनामा नै आउनु भएको हो, उहाँहरुलाई स्वास्थ जाँच सहित अनिवार्य होम क्वारेन्टाइन राखिएको र स्वास्थ अवस्था सामान्य रहेको छ ।
अन्य विकास निर्माणका कामहरु के के भई रहेको छ ?
अन्य विकास निर्माणका कामहरुमा पहिला नै सम्झौता भएको योजनाहरु सन्चालनमा छन् जस्तै; सुनकोसी पुल, दावी पुल, महेन्द्र प्रताप मा.वि. घेराबार, बुद्धपार्क निर्माण हुन र सम्झौता हुन बाँकी योजनाहरुलाई  म्याद थप गरी सुचारु गर्ने निर्णय भएको छ ।
अन्तमा तपाई वडा अध्यक्षहरुको सन्जालको सचिव समेत हुनु भएको छ समग्रमा सिन्धुपाल्चोक जिल्लाका कुन कुन वडाको के के समस्या छ र वडाहरुले कसरी काम गरिरहेका छन ? 
वास्तवमा म सिन्धुपाल्चोक जिल्लाको वडा अध्यक्ष सामजको सचिव पनि भएकोले समग्र वडाहरुको कुरा गर्नु पर्दा वडाहरुलाई आर्थिक अधिकार नभएको र गाउँ वा नगर प्रमुखहरु हावी हुने समस्याले प्राय वडाहरुमा समन्वयको खडेरी देखिन्छ, र विपक्षी दलका प्रतिनिधीहरु संग समन्वय कम गरेर काम गर्दा प्राय स्थानीय तहको गतिविधीहरु विवादमा परेको देखिन्छ । यि समस्याहरुलाई समाधान गर्न महामारीको समयमा सर्वदलिय संयन्त्र निर्माण गरी महामारीको विरुद्ध लड्दै विकास निर्माणको काममा अगाडी बदाउन पर्ने देखिन्छ । सवै वडाका अध्यक्ष ज्यूहरुलाई उच्च मनोबलका साथ आ‐आफ्नो वडामा सवैलाई समेटेर काम कर्तव्य पुरा गर्न अनुरोध गर्दै समस्या परेमा जिल्ला समाज सिन्धुपाल्चोकलाई जानकारी गराउनु हुन अनुरोध गर्न चाहन्छु ।

, , , ,