बाह्रबिसे नगरपालिकाद्धारा सुपथपसल खोल्ने


बाह्रबिसे नगरपालिका द्वारा आयोजना गरिएको सर्वपक्षीय बैठकबाट निर्णय भए अनुरूप नगर पालिकाले आफै सुलभ पसल खोल्ने भएको छ ।

२०७६ चैत्र २४ गते  गरिएको सर्ब पक्षीय निर्णय अनुसार  हाल अहिले लकडाउनको समयमा कालोबजारी हुने आशंकालाई मध्यनजर गरि बाह्रबिसे नगर क्षेत्रभित्र अतिआवश्यक खाधान्न सामग्रीहरू ढुवानी गर्दा पसल धनीहरूले अनिवार्य मूल्य सुची टास गरि एक प्रति नगरपालिकालाई बुझाई मात्र सवारी पास दिईने व्यवस्थापन गरेपनि सो निर्णयको पसलधनीहरूले कार्यान्वयन नगरेको  हँुँदा  बैशाख ३ गतेको कार्यपालिका बैठकबाट विगतको सो निर्णयको पालना नगर्ने पसलहरूलाई सवारी पास उपलब्ध नगराउने निर्णय गर्दै सुपथ पसल संञ्चालन गर्न लागिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताउँनु भयो ।उँहाले नगरबासीलाई सस्तो र सुलभ मुल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले लक डाउन अवधिभर बाह्रविसे नगरपालिकाले सुपथ मुल्यको पसल सञ्चालन गर्न लागेको जानकारी दिनु भयो ।  यसै बिच नगरपालिकाले बुधबार बजारमा दम्कलको प्रयोग गरि किटनासक औषधी समेत छरेको छ बिश्वब्यापिरुपमा फैलिएको कोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्नका लागी यो किट नासक औषधी छरिएको हो

, , ,