मेलम्ची नगरपालिका ९ मा २६ परिवारलाई राहत वितरण

रूपक पुरी
मेलम्ची नगरपालिका ९ ज्यामिरेले २६ घरपरिवारलाई राहत वितरण गरेको छ ।
वडाभित्र रहेका भूमिहिन , दैनिक ज्याला मजदुरी गर्ने ब्यक्तिहरूलाई कोभिड १९ को कारण जीवन निर्वाह गर्न कठिन भएका ब्यक्तिहरू पहिचान गरि राहत वितरण गरिएको वडाअध्यक्ष कमलवहादुर खड्काले बताउनुभयो ।

 परिवार हेरी दैनिक जिवनमा आबश्यक पर्ने चामल, दाल, तेल, नुन र साबुन वितरण गरिएको खड्काले जानकारी दिनुभयो । वडामा रहेका सबै घरधुरीलाई २ डल्ला डिटोल साबुन वितरण गरि हात धुने सल्लाह समेत दिएको उहाँले वताउनुभयो ।

वडा समिति तथा कोभिड १९ नियन्त्रण समितिको वैठक बसी लकडाउनको समयमा वडाभित्र अन्य स्थानका अपरिचित ब्यक्तिहरूको आगमन हुने गरेको भन्दै वडाको मुख्य नाकाहरूमा राष्ट्र सेवक कर्मचारी र स्थानियको सहभागितामा आवत जावत समेत नियन्त्रण गरिएको छ । वडामा रहेका पसल सँचालन तोकिएको समयभन्दा बढी समय खोलेमा कानुन बमोजिम कारवाहि गरिने समेत निर्णय गरिएको वडासचिव दिपक विसिले जानकारी दिनुभयो ।

, ,