लकडाउनको समयमा नेकपाले बजार अनुगमन गरी संबन्धित निकायमा प्रतिवेदन बुझाउने

मेलम्ची 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोना भाइरसले ल्याएको यस परिस्थति वा लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव, काला बाजारी हुन नदिन दैनिक रुपमा बजार अनुगमन गरी सो प्रतिबिदेन सम्बन्धित निकायमा पेश गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको  कार्यदलका संयोजक चन्द्रबहादुर थापाको संयोजकत्वमा बसेको कार्यदलले यस्तो निर्णय गरेको हो । यस संगसंगै  उक्त कार्यदलको नेतृत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकम संकलन गर्ने र संकलित उक्त रकम मेलम्चि नगरपालिका संक्रकण नियन्त्रण कोषलाई हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला पार्टी अध्यक्ष झम्क नेपाल सहितको उपस्थितीमा भएको उक्त बैठकले यस्तो निर्णय गरेको संयोजक चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ । उहाँको अनुसार वडा स्तरीय कार्यादल निर्माण गर्ने र जनताको घरदैलोमा जनचेतनामुलक कार्यक्रम लिएर जाने निर्णय समेत भएको छ । पार्टीको  वडा स्तरमानै  कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बिबिध कार्यक्रम समेत गरिने छ ।

, , ,