इन्जिनीयरहरु द्धारा स्वाब संकलन बुथ लगायत स्वास्थ्य सामग्री सहयोग

 मेलम्ची, 
नेपाल इञ्जिनीयरियर्स एशोसिएशन वाग्मतीप्रदेश र सिन्धु इञ्जिनीयरिङ समाज नेपालले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाइ कोरोनाभाइरस कोभिड १९ को स्वाब सङ्कलन तथा परीक्षणको लागि स्वाब संकलन बुथ लगायत आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मेलम्चीमा आज एक कार्यक्रमका बिच उत्त सामाग्रिहरु हस्तान्तरण गरीएको थियो । जिल्लाको चौतारा, बाह्रबिसे र मेलम्ची तीनै ठाउँमा सुुरक्षित रूपमा स्वाब सङ्कलनका लागि स्वास्थ्य सामाग्रि वितरण गरिएको इञ्जिनीयरियर्स एशोसिएशनले जनाएको छ ।
संस्थाले मेलम्चीमा एक थान स्वाब संकलनबुथ, तीनथान पिपिइ सेट, एकथान थर्मलगन र १५ थान एन–९५ मास्कलगायत स्वास्थ्य सामग्री मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विनोद केसिलाइ हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका सामग्रीको मुल्य रु ९० हजार पर्ने सहयोगी संस्था सिन्धु इञ्जिनीयरिङ समाजका अध्यक्ष् सञ्जय सापकोटाले बताउनुभयो । उक्त सामान सिन्धुपाल्चोकको ३ लगाएत बाग्मतिप्रदेशको १३ ठाउँमा वितरण गरिने नेपाल इञ्जिनीयरियर्स एशोसिएशन वाग्मती प्रदेशका कोषाध्यक्ष राजन थापाले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा नगर प्रमुख डम्बर अर्यालले सहयोगि निकायलाइ धन्यवाद दिनुभयो । कोरोना भाइरसको शङ्कालागेका व्यक्तिले अब चौतारा, बाह्रबिसे र मेलम्चीमध्ये आफूलाई पायकपर्ने स्थानमागएर नमूना सङ्कलनगर्न सक्नेछन् । जिल्लाको तीन स्थानबाट सङ्कलनगरिएको नमूनालाई परीक्षणका लागि टेकु प्रयोगशाला पठाइने छ ।

, , ,