काभ्रेपलान्चोक पुरै बन्द






लोकप्रिय समाचार लकडाउनका कारण  काभ्रे पलाञ्चोक जिल्ला हुँदै बिभीन्न जिल्लामा पैदल  वा केही सवारि साधनमा आबत जाबत गर्न थाले पछी काभ्रे प्रशासनले पुरै बन्द  गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मङ्गलबार सुचना जारी गरि यस्तो जानकारी दिनु भएको हो । लकडाउनलाई प्रभावकारी बनाउन जिल्लाभित्र अनावश्यक रुपमा हिँड्डुल गर्नेलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल नै जिल्ला प्रवेश गर्नेलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिनु भयो ।

अत्यावश्यक सेवाबाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको पनि प्रशासनले जनाएको छ।   लकडाउनका कारण यातायातका साधन नचलेपछि काठमाडौंबाट  काभ्रेको अरनिको राजमार्ग र बीपी राजमार्ग हुँदै पैदल  मानीसहरु आबत जाबत गरि रहेका कारण  थप जोखिम हुने हँुदा यसरी ्रोक लगाउँन परेको समेत तिमल्सिनाले जानकारी दिनु भयो । उँहाले यस्तो परिस्थीतीमा सरकारले नागरिककै सुरक्षाका लागी लकडाउँन गर्न परेको ले यसको सबैले पालना गर्न पर्नै बताउँनु भयो । 


, , , ,