चेक जाँच र औषधी प्रयोग पछि मात्रै मेलम्ची खानेपानीका सवारी साधनले हेलम्बु प्रवेश पाउने

मेलम्चि
चेक जाँच र औषधी प्रयोग पछि मात्रै मेलम्ची खानेपानीका सवारी साधनले हेलम्बु प्रवेश पाउने भएको छ ।  हेलम्बु गाउँपालिका वडा नं। ४ र मेलम्ची खानेपानीबिच सुरक्षित तरिकाले मेलम्ची खानेपानीको सामन बोक्ने सवारी साधन चलाउने सहमति भएपछि सवारी साधन गाउँपालिकामा प्रवेश गर्न दिएको छ । यस अघि हेलम्बु गाउँपालिका वडा ४ ले  अति आवश्यक सवारी साधन   मात्रै आफ्नो पालिका भित्र प्रवेश दिने र अन्य कुनै सवारी साधनमा रोक लगाउने निर्णय गरेको थियो । 
शुक्रबार हेलम्बु वडा नम्बर ४का वडा अध्यक्ष ,वडा स्तरीय विपत व्यवस्थापन समितिका संयोजक ,प्रहरी प्रशासन र मेलम्ची खानेपानी का प्रतिनिधिबिच मेलम्ची खानेपानीको निर्माणका निम्ति सामना ढुवानी गर्ने सवारी साधन र चालक तथा सवारीका सहयोगीलाई समेत स्प्रे र सेनिटाईजर प्रयोग गरी हेलम्बु गाउँपालिका प्रवेश दिने सहमति  भएको  छ ।सहमति अनुसार मालसामान ढुवानी गर्ने सवारी साधनका लागि मेलम्ची नगरपालिका वडा नम्बर छ तालामाराङमा चेक जाँच र औषधी प्रयोग पछि मात्रै प्रवेश दिएको छ ।
एम्बुलेन्स , खाध्यान, तरकारी तथा फलफूल र प्रेस लागि मात्रै आफ्नो पालिका भित्र प्रवेश दिने र अन्य सबै सवारी साधनमा रोक लगाउने वडाको निर्णयले गर्दा हेलम्बु गाउँपालिकाभित्र पर्ने नेपालकै ठुलो परियोजना मेलम्ची खानेपानी आयोनाका लागि दैनिक रुपमा ढुवानी हुदै गरिएको गिट्टी ,वालुवा सिमेन्ट ,लगाए अति आश्यक बस्तु समेत रोकिने र मेलम्ची परियोजना मा समेत ठुलो क्षति हुने अवस्था सृजना भएपछि स्थानीय र प्रहरीबिच झडप समेत हुने अवस्था श्रृजना भएको थियोे ।

, ,