जिल्लामा स्वयंसेवक प्रशिक्षक भएर २३ बर्ष देखि खटिरहेको छुः तेक्वान्दो खेलाडी भण्डारी

सिन्धुपाल्चोक जिल्ला बलेफी गा पा साबिक फुल्पिङ्कोट गा बि स  बुबा डम्बरबहादुर भण्डारी र आमा दिर्ग कुमारी भण्डारी बाट जन्मनु भएका श्री प्रेमबहादुर भण्डारी तेक्वान्दो खेलका निकै चर्चित ब्यक्तित्व हुनुहुन्छ ,उहाले सिन्धुपाल्चोक जिल्लामा खेलकुद बाट केही गर्नु पर्छ भनेर आजभन्दा करिब २४ बर्ष अगाडि ९२०५४ सालबाट०तेक्वान्दो खेल भित्र्याउनु भएको हो ,आज लोकप्रिय समाचारले उहाँसङ भएको छोटो कुराकानी प्रस्तुत गरेका छौं ।


१ याहाको परिचय दिनुहोस् न ?
मेरो नाम प्रेमबहादुर भण्डारी हो ,मेरो घर बलेफी गाउँ पालिका ३ न वडा मा पर्छ ,मेरो बुबा डम्बरबहादुर भण्डारी र आमा दिर्ग कुमारी भण्डारी हो,मेरो परिबार ४ जना हुनुहुन्छ श्रीमती सरस्वती भण्डारी ,छोरा सगुन भण्डारी र प्रशान्त भण्डारी ।
२ तपाईं अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले प्राय काठमाडौमा नै तेक्वान्दो तालिम गराउछु र आफू पनि गर्छु ,सिन्धुपाल्चोक जिल्लामा बेला बेलामा तेक्वान्दो खेलको कार्यक्रम हरुमा सहभागी हुन्छु ,मेरा प्रशिक्षक हरुले जिल्लाको विभिन्न ठाउँमा तालिम गराइरहेका छन सम्भब भएसम्म सबैठाउमा गएर रेखदेख गर्छु

३ खेलकुद क्षेत्रको अवस्था अहिले कस्तो छ ?

हेर्नुस्  मैले त खेलकुद क्षेत्र राम्रो नराम्रो केही जानेर यो क्षेत्रमा लागेको पनि होइन । र मैले कुनै चिजको आसापनी गरिन । आफुले जेजति जानेको सीप आफ्नो जिल्ला गाउठाउमा सिकाएर बसियो कुनै अवस्था बुझ्नै सकिन ।
४ कसरी र कहिले बाट लाग्नुभयो तेक्वान्दो खेलमा ?
२०४७ सालबाट म तेक्वान्दो खेलमा लागेको हु  । मेरो दाइ पुण्य बहादुर भण्डारी पोखरा को कृश्टल होटलमा सेफ हुनुहुन्थ्यो उहाँकै कारण ले म पोखरा जाने अबसर प्राप्त गरेको हो मैले पनि तेहि होटलमा कुक हेल्फर को काम सिक्दै र तेक्वान्दो पनि सिक्दै याहासम्म आइपुगेको हो । आजसम्म सरकार  र कुनैपनी सङ्सस्था बाट तलब सुबुधा नलिइ आफ्नो जिल्लामा स्वयंसेवक प्रशिक्षक भएर बिगत २३ बर्ष देखि अहोरात्र खटिरहेको नै छु । 
५  तपाईंको छोरा २ जना हुनुहुन्छ उनिहरु पनि खेलाडी नै बनाउने सोचाइमा हुनुहुन्छ कि अरु कुनै ?
मैले उनिहरुलाइ यो बन्नुपर्छ त्यो बन्नुपर्छ भनेर हुँदैन अहिलेको बच्चाहरुले हामिलाइ पो सिकाउछ्न तै पनि मेरो छोराहरुले पढाइ र तेक्वान्दो खेललाई सङ्सङै लगेका छन । जेठो छोरो सगुन ११ मा नोबेल कलेज पडछ उस्ले एसइइमा ए प्ल्स ल्याएर खेल्कुद बाट पढाई बिग्रदैन भन्ने प्रमाणित गरिदियो ।  उ तेक्वान्दो को २ डान पनि हो । सानो छोरा अहिले ७ मा लाइसियम स्कुल मा पडछ उ पनि तेक्वान्दो को १ डान हो । 
६ तपाईं अहिलेसम्म तेक्वान्दो खेलको सिलसिलामा कतिवटा देश जानुभयो र कुन कुन मेडल जित्नुभयो ?

 अहिलेसम्म जान त म १२ ,१३ देश गएको छु तर पनि केहि देशमा चाहिँ पदकहरु पनि जितेको छु । कोरियाको मुजु तेक्वान्दो वन मा भएको ११ र १२ औं तेक्वान्दो कल्चर एकस्पो मा स्वर्ण पदक जितेको हो । २०१९ र २०२० मा दुइपटक चाहिँ प्रशिक्षक तालिम मा कोरिया गए । जम्मा ४पटक जापान ,सिङापुर ,मलेसिया ,दुबई ,हङकङ ,भुटानमा ४ पटक खेलेको २ चोटि स्वर्ण ,कम्बोडिया हान्मादाङ प्रतियोगिता स्वर्ण ,थाइल्यान्ड ,चाइना इन्डिया स्वर्ण,बङलादेस लगायत कुनै न कुनै पदक जितेकै छु ।
७ सरकारले गरेको लकडाउन को बारेमा तपाईंको धारणा के छ ?
 अहिले बिश्वब्यापी फैलिएको महामारी कोरोना भाइरस कोभिड १९ बाट सबै देशहरु एकदमै आत्तिएका छन् । अहिलेसम्म कुनै औषधि र खोप नै तयारी हुन सकेको छैन बिश्वमा ,अब हाम्रो देश को कुरा गर्दा हामी आफै कसरी सुरक्षित हुने भनेर ध्यान पुराउनु पर्छ र सुरक्षाको दृष्टिकोण ले लक्डाउन नै उपयुक्त हो ।
८ अन्त्यमा तपाईंको भनाइ अरु केही छ कि ?
 अहिले को अबस्था भनेको सबैलाई थाहा नै छ् ,सुरक्षित रहनुस कसैको देखासिखी नगर्नुस् । मान्छे आफ्नो हुन्छ रोग आफ्नो हुँदैन । यो भयबह अवस्था बाट कोहि पनि नआत्तिन हुन अनुरोध गर्दछु । संसारमा सबैभन्दा ठूलो चिज स्वास्थ्य हो स्वास्थ्य राम्रो र जुनसुकै  रोगसङ लड्नको लागि एक्सर्साइज अनिबार्य गर्नुहुन सबैलाई विनम्र अनुरोध गर्द्छु । जय खेलकुद ,जय लोकप्रिय ।

, , ,