सिन्धुपाल्चोकको नाका बन्देउमा गाडी निर्मलीकृत सुरु

चौतारा,   
सिन्धुपाल्चोक र काभ्रेको सिमानाबन्देउमा सिन्धुपाल्चोक तथा दोलखाजाने गाडीहरुको निर्मलिकृत गर्ने कार्यको सुरुवात गरीएको छ । नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाले सोमबार देखि सिन्धुपाल्चोकको बन्देउ बाटसिन्धुपाल्चोक तथा दोलखाजाने गाडीलाई निर्मलीकृत गर्ने कार्यको सुरुवात गरेको हो  । 

बाहिर बाट आएका गाडीमा संक्रमण हुन सक्ने भएकाले त्यसकाकारण समुदायमा भाइरस नफैलियोस भन्नका लागी निमलिकृत गर्न लागीएको हो । आजनिर्मलिकृत गर्ने कार्यक्रमको सुरुवात गराउदै चौतारा सँगाचोक गढी नगरपालीकाका मेयर अमान सिंह तामाङले कार्यक्रम राम्रो भएको र यसले गर्दा भाईरस फैलनबाट रोक्नेमा बिस्वास व्यक्तगर्नु भयो । कार्यक्रको लागी निरन्तरता दिनका लागी नगरपालीकाले पनी सहयोग र सहकार्य गर्ने मियर तामाङले बताउनु भयो । हाल र्निमलित कृत गर्ने कार्य बन्दाबन्दिको अबधि भरकालागी यो कार्य निरन्तर दिइने नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्लाशाखाले जानकारी दिएको छ । 
निर्मलिकृत गर्ने कार्यकालागी सोसाइटीले चार जना स्वयमसेवक परीचालन गरीरहेको छ । यो कार्यकालागी आगामीदिनमा समेत सरोकार वालाहरु संग समन्वय गरी आवश्यक प्रक्रिया गरीने समेत सोसाइटीले जानकारी दियको छ । कोरोनाका कारण विश्व आक्रान्त भैरहेको अबस्थामा सोसाइटीले जिल्लामा छिर्ने गाडीबाट संक्रमण नफैलियोस भनी गाडीहरुमा भाइरसबाट निर्मलिकृत गर्नका लागी औषधी छर्कने कार्यको सुरुवात गरेको हो । कार्यक्रमको सुरुवातमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापती राजेन्द्रमान ताल्चाभडेल,मन्त्री कमल चरण कक्षपती, कोषाध्यक्ष अमिर बहादुर श्रेष्ठल गाएत रेडक्रस कर्मीहरुको सहभागीता रहेको थियो । 

, , ,