रेडक्रसद्धारा तीन जिल्लामा संक्रमण न्युनिकरणका लागि गाडी निर्मलिकरण


चौतारा,
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाले साँगाभञ्ज्याङ र जडिवुटी, सिन्धुपाल्चोक जिल्लाले वन्देउ नाका र रामेछाप जिल्लाले भैंसेश्वरको चेक प्वाईटबाट जिल्लामा प्रवेश गर्ने सवारी साधनलाई निर्मलिकरणगर्ने कार्यको थालनी गरीएको हो ।

 अहिले सिन्धुपाल्चोक र काभ्रेको सिमानाबन्देउमा सिन्धुपाल्चोक तथा दोलखामा आवतजावत गर्ने दैनिक सरदर ३०० वटा, भक्तपुरमा दैनिक सरदर दुईहजार र खुर्कोट हुंदै रामेछाप जिल्लामा प्रवेश दैनिक सरदर १०० वटा साना ठूला गाडी तथा मोटरसाईक लगायतका सवारी साधनको निर्मलिकृत गरीएको छ । 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिननेपाल रेडक्रस सोसाइटी भक्तपुर, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा प्रवेश गर्ने सवारी साधनको निर्मलिकरण गर्ने कार्य सुरु भएको छ । 
बाहिरबाट आएका गाडीमा संक्रमणहुनसक्ने भएकाले समुदायमा भाइरस नफैलियोस भन्नका लागी निमलिकृत गर्न लागीएको हो । यस कार्यले सवारी साधनको माध्यमबाटहुने संक्रमणलाई न्युनिकरणमा सहजताहुने सोसाइटीले जनाएको छ । 
निर्मलिकृत गर्ने स्थानमा सोसाइटीले न्युनतम चारजना स्वयमसेवक परिचालन गरिआएको छ । हालको वन्दावन्दीको अवधिसम्म सञ्चालनगरिने यो कार्यक्रम आगामी दिनमा स्थानीय निकाय लगायत सरोकार वालाहरुसंग समन्वय गरी आवश्यकतानुसार सञ्चालन गरिने सोसाइटीले जानकारी दिएको छ । 
जिल्ला स्वास्थ्य कार्यालयको सुझाव अनुसार सोडियम हाईपोक्लोेराईडको प्रयोग गरी सवारी साधनको दैनिक निर्मलिरण भईरहेको सिन्धुपाल्चोक जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभएको छ । 

, , ,