नयाँ वर्ष बिपत माथि जितको वर्ष बनाऔंः सभामुख सापकोटा

चौतारा
सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्रसित बनाइरहेको कोरोनामाथि जितको वर्ष बनाउन आह्वान गरेका गर्नुभएको छ ।

नयाँ वर्ष २०७७ को अवसरमा    आज बिहान एक  शुभकामना  सन्देशमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उहाँले समृद्धि र दिगो विकासको बाटोमा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गर्न आह्वान गर्नुभएको हो।
नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड –१९ को महामारीविरुद्ध संघर्ष गर्नु परिरहेको प्रसंग उल्लेख गर्दै सभामुख सापकोटाले ‘नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ संकल्प गर्नुपरेकाले सोही अनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदानप्रदान गर्न अनुरोध गर्नुभएको छ ।  जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव पे्ररणादायी रहेको उल्लेख गर्दै उनले कोभिड–१९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा मिलोस् भन्न कामना समेत गर्नुभएको छ ।

, , , ,