पुनः ४ जना थपिए मेलम्ची क्वरेन्टाईनमा

देबराज सुबेदी, मेलम्ची, 
मेलम्ची नगरपालिकाको क्वरेन्टाईनमा आज थप ४ जना थपिएका छन् ।
दैलेख जिल्लामा ईलेक्ट्रीसियन काम गरी आएका उनिहरुलाई दैलेख जिल्लाको सिफारिसमा क्वोन्टाईनमा राखिएको ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।
आफ्ना पीता सिकिस्त रहेको भनि आएका उनिहरुलाई दैलेख जिल्लाले १४ दिन सम्म क्वारेनटाईनमा राखेर मात्र घर पठाउन सिफारीस पत्र पठाएको पनि तामाङले बताउनुभयो । थपिएकाहरु चरैजना मेलम्ची नगरपालिका ७, दुवाचौरकाका स्थायी बासिन्दा रहेको तामाङले जानकारी दिनुभयो ।

, , ,