हालसम्म लकडाउन उल्लंघन गर्ने तीन हजार ४५४ जना प्रहरीको नियन्त्रणमा

चौतारा, बैशाख १७ ।
हालसम्म सिन्धुपाल्चोक जिल्लामा लकडाउन उल्लंघन गर्ने तीन हजार जना  प्रहरीको नियन्त्रणमा परेका छन् ।

 कोरोना भाइरस कोभिड१९ रोकथाम नियन्त्रणको लागि सरकारले आह्वान गरेको लकडाउन उल्लङ्घन गर्ने तीनहजार ४५४ जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी माधब काफ्लेले जानकारी दिनुभएको छ।
लकडाउन सुरू भएयता २५१ सवारीचालकलाई कारवाही गरिएको छ । यसबाट २७ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  ‘सरकारले आह्वान गरेको लकडाउन कार्यान्वयनमा प्रहरी सक्रियतापूर्वक लागेको छ,’ काफ्लेले भन्नुभयो , ‘लकडाउनको अवधिमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरी कारवाही गरिएको छ।’
 यसबीचमा पाँच जना विदेशी नागरिकको जिल्लाबाट उद्धार गरिएको उनले जानकारी दिए। प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाँउमा १५ वटा हेल्थडेक्सु र ३२ ठाँउमा वास सेन्टरु निर्माण गरिएको छ।

, , ,