मेलम्चीका सहकारीहरुद्धरा विपदकोषमा १ लाख २५हजार

मेलम्ची
आज मेलम्ची नगरपालिकामा विभिन्न सहकारीहरुले एकमुष्ट रुपमा नगरपालिकाको विपद्कोषमा १ लाख २५हजार नगद संकलन गरी सहयोग गरेका छन् ।


विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि मेलम्ची नगरपालिकालाई नगरमा सञ्चालनमा रहेका विभिन्न सहकारीहरूबाट नगद संकलन गरी विपद्कोषमा सहयोग गरेका हुन् । २५ लाखबाट सुरु गरिएको उक्त कोषमा आज सूर्यमुखी कृषी साना किसान सहकारी संस्था भोटेचौरका अध्यक्ष मित्रलाल चौँलागाईद्धारा उक्त रकम मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरिएको छ ।
 नगरभित्रका १४ वटा सहकारी संस्थाहरुले उक्त रकम संकलन गरेर कोषमा जम्मा गरेको चौँलागाईले बताउनु भयो । यो खबर हाम्रा प्रशिक्षार्थी श्री कृष्ण श्रेष्ठले पठाउनु भएको हो ।

, , , ,