१३ नं. वडामा पनि क्वारेन्टाइन तयार

चौतारा, 
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठुलोसिरुवारीमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

मेलचौरमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा क्षमता बढी विरामी राख्नुपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयको पहलमा क्वारेन्टाइन निर्माण गरिएको वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
क्वारेन्टाइन निर्माणमा नेकपा वडा ईन्चार्ज एवम् १३ नं. वडा कार्यालय, स्वयंसेवक दस्ताका संयोजक शुक्रराज प्याकुरेल, वडा पार्टी अध्यक्ष रामशरण गहतराज तथा नेकपा वडा कमिटी परिवार र स्थानीय युवाहरूको पहल र सक्रियता निर्माण गरिएको स्थानीय युवा सुवास गौतमले जानकारी दिनुभएको छ ।

, ,