चौ.साँ गढी नगरपालिकाले गर्यो बिदेशबाट आएका परिवारको नै स्वास्थ्य परीक्षण

अर्जुन शर्मा। चौतारा 
चौतारा चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) बाट नगरबासिलाई जोगाउन जनताको घर घरमा पुगेर स्वास्थ्य परिक्षण शुरु गरेको छ ।
 बिश्वब्यापि रुपमा फैलिइरहेको भइरसबाट नगबासिलाई जोगाउन यस्तो कदम चालिएको नगर प्रमुखले बताउनुभएको छ । नगर प्रमुख तामाङले भने “हामिले नगरभित्र संक्रमण फैलन नदिन चौतारा साँगाचोकगढी नगरपालिका भित्रका १४ वटै वडामा नागरिकको स्वास्थ्य परीक्षणलाई तिब्रता दिएको हो ।”
स्वास्थ्य परीक्षण अभियानको पहिलो चरणमा विदेशबाट आएकाहरु र उनीहरुको परिवारको स्वास्थ्य परीक्षण गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शिब पुरीले जनाकारी दिनुभएको छ । उहाँका अनुसार  नगरपालिका भित्रका ८, ९, १०, १२, १३, १४ नम्वर वडाहरुमा स्वस्थ्य परीक्षण गरिसकिएको छ । परीक्षण गरिएका ब्यक्तिहरुमा कुनै समस्या नरहेको समेत उहाँले बताउनुभएको छ । 
स्वास्थ्य परीक्षणका लागि चौतारा साँगाचोक नगरपालिकाको प्रमुख अमानसिं तामाङ सहित चिकित्सकको टोली प्रत्येक वडा कार्यालयमा रहेको स्वास्थ्य केन्द्रहरुमा पुग्ने गरेको छ । 

, , , ,