बगर देखी नगर सम्म गाँउ देखी शहर सम्म महोन बस्नेत


  सिन्धुपाल्चोक जिल्लाका  राजनिति हस्तीहरु मध्येका  पुर्ब स्वास्थ्य राज्य मन्त्री हुँदै सुचना तथा संञ्चार मन्त्री र पटक पटक माननिय  भइ सक्नु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका महोनबहादुर बस्नेत यती बेला चर्चामा रहनु भएको छ ।

जहीले जहीले समस्या आउँछ तहीले छिटै जनसम्पर्कमा पुग्ने नेता मध्य महोनबहादुर बस्नेत अग्रपन्तीमा रहने गरेको  सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालीकाका बिद्यार्थी नेता हेमन्त श्रेष्ठ बताउँनु हुन्छ ।जुरे पहिरो जाँदा होस, भुकम्प जाँदा होस स्थानीय नागरिकहरु  माझ तत्काल गएर उद्धारमा लाग्नु भएका बस्नेत यस पटक पनी बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको माहामारी सँग जुध्न गाँउ गाँउ मा  आबश्यक  सामाग्री लिएर जाने नेताकोरुपमा परिचय देखाउँन सफल  हुनु भएको छ । यस पटक बस्नेतलाइ लकडाउँनको अबस्थामा  बगरमा पोैडी खेलिरहेका बच्चाहरुलाइ पनी भिड भाड नगर्न घरमा नै बस्न अनुरोध गर्दे माक्स बितरण गर्नु भएको छ भने सरकारी सवास्थ्य कार्यलयहरुलाइ समेत कोरोनाभाइरसको रोगबाट बच्नका लागी आबश्यक समाग्री बितरण गर्नुका साथै सरकारले नदेखेका अपाङ्गता भएका र दैनिक ज्यालादारी मज्दुरी गरेर खान पर्ने मज्दुरहरुलाइ समेत आबश्यक राहातको प्याकेज लिएर मज्द्र तथा अपाङ्गता भएका ब्यक्ती असाय का घरघरमा गएका कारण बगर देखी नगर गाँउ देखी  शहर सम्म महोन बस्नेतको कार्यको प्रशंशा गर्न थालीएको छ । 
साथै जथाभावी पौडी खेल्दा बिरामी हुन सक्ने भन्दै पौडी खेल्दै गरेको बालबालिकालाइ सम्झाएर मास्क दिएर घर पठाउनु भएको  पत्रकार चित्र मिजारले जानकारी दिनु भएको छ  । अस्पतालमा चिकित्सकका लागि पिपिई, पञ्जा, माक्स र विरामी राख्नका लागि बेड सेट समेत अस्पताललाई उपलब्ध गराइरहनु भएको छ । उँहाले  बार्ह्बिसे क्षेत्रका नागरिकका लागि माक्स, पञ्जा लगायतका राहत सामाग्री वितरण गर्दै विपन्न परिवनरका लागि चामल, जुन, तेल लगायतका सामाग्री सहयोग गर्नु भएको छ ।
उँहाले सबै भनदा बढ िस्वास्थ्य कर्मी र सुरक्षाकर्मी यो रोगको जोखिममा रहेको भन्दै  प्रहरीहरूलाई समेत पीपीई, माक्स र पञ्जा समेत उपलब्ध गराउानु भएको नेपाली काँग्रेसका क्षेत्रयि सभापती बालकृष्ण बस्नेतले जानकारी दिनु भयो  ।
उता नेकाका केन्द्रीय सदस्य बस्नेतले सरकार निरिह बनिरहेका बेला कांग्रेस  जनताको घरघरमाा  राहत लिएर पुगेपछि कम्युनिस्टहरू अत्तालिएको बताउँदै जनतालाइ समस्या परेको बेलामा जनताको समस्या समाधानमा साथ दिनु आफ्रनो पहीले दाइत्वमा  भएको बताउँदै  कोरोनाको महामारीमा  विश्व परिरहँदा बस्नेत केही दिनयता जिल्लाका गाउँ गाउँमा सहयोग लिएर पुगिरहनु भएको छ।आफु स्थानीय नागरिकहरुको जीवन रक्षाका लागि जोखिम उठाउन पछी नपर्ने बताउँदै  , पुर्व सञ्चारमन्त्री बस्नेतले साथीहरू आफ्नोे  ज्यान जोगाउन कुन दुलोमा हुनुहुन्छ थाहा छैन । सरकारले गर्न नसकेको पीपीई मैले आफ्नै पहलमा झिकाएर बाँडिरहेको छु ।
जनताले राहत नपाउन् भनेर पहिला रोक्न लाग्दा सफल नभएपछि  अत्तालिएर उहाँहरू प्रोपोगाण्डामा लाग्नुभएको छ । आफू कसैको प्रोपोगाण्डाबाट नआत्तीने भन्दै जनताको पक्षमा निरन्तर काम गरिरहने बताउँनु भयो । नेकपा निकट एक अनलाइनले दिउँसो बस्नेत पक्राउ भन्दै लेखेको समाचार कपोलकल्पित भएको भन्दै उहाँले विपतको घडीमा पत्रकारिताको धर्म नभुल्न पनि आग्रह गर्नु भयो  ।बाह्रविसेमा अबरोध गर्ने दुई ट्रक प्रहरी परिचाल गरिएपनि कांग्रेस केन्द्रीय सदस्य बस्नेतले जिल्लाको सुनकोसी गाउँपालिकाको प्रत्येक स्वास्थ केन्द्र र लिसङ्खुपाखर गाउँपालिकाको जेठक स्वास्थ केन्द्रमा कोरोना भाइरस रोकथामको लागि आवश्यक माक्स, पीपीइ, सेनिटाइजर, एप्रोन, गाउन, क्याप,स्वास्थ्यकर्मीहरूको लागि आवश्यक पर्ने सामग्री केन्द्रहरूलाई उपलब्ध गराइएको  बताउँनु भयो। उँहाले आफुले भ्याए सम्म सबै क्षेत्रमा  समाग्री उपलब्ध गराउँने र नागरिकको जिबनको सुरक्षका लागी खटीरहने बताउँनु भयो । उँहाले पछिल्लो समयमा स्वास्थ्य केन्द्र, मन्दीर हरु लगाएत भिडभाड हुने ठाँउहरुमा कोराना भाइरस बिरुद्ध किट नासक  बिषादीको समेत ब्यबस्था गरेर आँफै छर्दे हिडनु भएको छ ।


, , , , , ,