कोरोना कहरः ३४ हजार नाग्यो अमेरिकामा मृत्यु हुनेको संख्या

 चौतारा
कोरोना भाइरस संक्रमणबाट अमेरिकामा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ ।


अमेरीकाको  राजधानि न्यूयोर्कमा मात्रै मृतकको संख्या १६ हजार नाघेको छ ।  अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । वल्डोमिटरको तथ्यांकअनुसार  अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ७७ हजार ५६ पुगिसकेको छ।
 अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जनाको जागिर गुमेको छ। अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो। अघिल्लो दिनको तुलनामा आजपनि विश्वभर मृतकको संख्या फेरी बढेको देखिएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४ सय १७  पुगेको छ ।
पछिल्लो विवरणअनुसार संसारभर २१ लाख ८० हजार ३ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ। त्यस्तै अहिलेसम्म विश्वभर ५ लाख ४६ हजार ७४३ जना ठिक भएका छन्।

, , ,