नेपालमा कोरोना संक्रमितको संख्या ३० एकैदिन थपिए १४

चौतारा
 नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। आज एकै  दिन १४ जना संक्रमित थपिएका छन् । 
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
 त्यसैगरी चितवन पनि दुई जनामा कोरोना संक्रमण देखिएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताएको  हो ।  विराटनगरमा रहेको प्रयोगशालामा पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । 

, ,